राजु निरौला दमक झापाको दमक ०९ मा रहेको सप्तश्री एकेडमीले सोम्बार दमक ४मा रहेको रत्न वृद्ध आश्रमका शारीरिक रुपमा अशक्त र वृद्ध अवस्थाका बुबा र आमाहरुलाइ  सहयोग प्रदान गरेको छ।

शक्षक र बिद्यार्थी स्वयमले उक्त आश्रममा रहेका वृद्ध अबस्थाका बुबा आमालाइ न्यानो टोपी ,फलफूल र केही नगद दिएर सहयोग गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालबालिकाहरूले सामाजिक उतरदायित्व बहन गर्नुपर्ने कुरा सिक्न सहजहोस भने कुराको ज्ञान समेत मिलेको बताइन्छ।

कार्यक्रममा शिक्षक ,बिद्यार्थी ,अभिभावकको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको जानकारी सप्तश्री एकेडेमीका निर्देशक अनिल सुबेदी बताउछ्न।बउक्त एकेडेमीले बेलाबखत बिद्यार्थीहरुलाइ सामाजिक कार्यमा अघि बढाउने कार्य गर्दै आइरहेको छ । बिद्यार्थीहरुले प्रत्यक्ष देखेर धेरै कुराहरु सिक्ने भएकोले बिद्यार्थीहरुलाइ समाजमा घुलमिल गराइ नयाँ नयाँ कार्यहरु उक्त एकेडेमीले गराउदै आइरहेको छ।