नेपाल जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०१९ को नेतृत्वको लागि अध्यक्ष पदमा इटहरी जेसिजका महेश पौडेल विजयी भएका छन्। शनिबारदेखि जनकपुरमा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट ९२१ मतसहित पौडेल विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी सुदीप राज भण्डारीले २४३ मत प्राप्त गरे। नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा ८९० मतसहित रविन पोखरेल क्रमश: श्यामसुन्दर पौडेल ७४१, रमेश चन्द्र भुसाल ६८७, अमेश ढकाल ६४३ मत सहित विजयी भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय उपाध्यक्ष पदका लागि थानकोट जेसिजका मोहन लाल डाँगी,भकुण्डे जिसिजकी रूक्मणी सिग्देल,त्रिभुवन नगर जेसिजका लालमणी भण्डारी, रामनगर जेसिजका भोजराज चापागाई ,काठमाडौं जेसिजकी ईनु थापा, पाटन जेसिजको सुमन कृष्ण श्रेष्ठ, वर्सामादीको हरिकुमार शर्मा, सिद्धार्थ नगर जेसिजको कमल भण्डारी, गोकुल साप्कोटा गैडाकोट, कृष्ण प्रसाद अर्याल नवलपुर जेसिज, अतरियाँ जेसिज दिनेश वोहरा विजयी भएका हुन्।

विजयीपश्चात् नवनियुक्त अध्यक्ष महेश पौडेलले लाखौं युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए । महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका हुन्। शनिबारदेखि जनकपुरमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाको उम्मेदवारी दिएका थिए।