भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबदा र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको छ।समाजसेवी तथा माइती इन्डियाका कार्यकर्ता बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादाबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ।

समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न शहर तथा होटल पु(याएको बताए। उनले भने,‘ उद्धार गरिएका महिलाहरुलाई त्रिभुवन विमानस्थलमा सीआइबीलाई हस्तान्त्ररण गरिने छ।’ उद्धार गरिएका महिलाहरु विपन्न वर्गका छन्।