१० पुस । मोरङको उर्लाबारी नगरपालिका–७ मा सोमबार साँझ घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।

आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए ।

आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।