मालपोत कार्यालय पर्सामा सेवाग्राहीलाई अनाश्वयक दुःख दिएको भन्दै एक जना व्यक्ति पक्राउ परेका छन् । काम छिटो गराइदिन्छु भन्दै पर्सागढी नगरपालिका बढनिहार निवासी भुमेश्वर शर्मासँग पाँचसय रुपैयाँ लिएको आरोपमा पुरन पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी मालपोत कार्यालयमा कार्यरत कर्मचारीको सहयोगी भएको प्रहरीको दावी छ । काम छिटो गराउन रकम मागेपछि शर्माले जिल्ला प्रशासन कार्यालय पर्सामा पाँचसय रुपैयाँको नोटको नम्बर टिपाएर मालपोत कार्यालय पुगेका थिए ।
उनले पटेललाई नोट दिएलगत्तै प्रहरीले पाँचसय रुपैयाँ सहित पटेल पक्राउ गरेको थियो । पक्राउ परेका पटेललाई आवश्यक अनुसन्धान पछि दोष र गुणको आधारमा कानून बमोजिम कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
यसबारेमा पक्राउ परेका पटेलले भने सेवाग्राहीलाई छिटो छरितो काम गर्न सहयोग गरिदिए वापत आफूलाई कसैकसैले खाजा खान एक÷दुईसय दिने गरेको बताएका छन् ।










