पुस ११, २०७५ काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन् । सफ्टवेयरले बनाएको पाइचार्ट प्रधानमन्त्रीले ट्याबलेटमा हेर्न थालेपछि मन्त्रीहरु दबाबमा रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
निर्धारित समयमा कति काम हुन्छ भनेर उनले मन्त्रालयहरुबाट प्रतिबद्धता मागेका थिए । आफैंले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भनेर प्रधानमन्त्रीले सफ्टवेयरबाट मूल्यांकन गरिरहेको समाचारमा उल्लेख छ ।











