सामुदायीक प्रहरी दमकको समुदाय साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा, लागुऔषध दुव्र्यसन र दुर्घटना संबन्धि कार्यक्रम सञ्चालन गरिएको छ ।

दमक  ७ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा बुधबार भएको कार्यक्रममा महिला हिंसा न्युनिकरण, युवाहरुलाई लागु औषध मुक्त गर्ने बिषयमा ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले बिद्यार्थिहरुलाई सहजिकरण गर्नु भएको थियो भने जिवन चक्र समाजका अध्यक्ष तथा सामुदायीक प्रहरी दमकका सदस्य गणेश गौतमले दुर्घटना न्युनिकरण सम्बन्धि जानकारी गराउनु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी कार्यक्रमा सामुदायीक प्रहरीका सदस्य मोहन बोगटीले कानुनि बिषयको बारेमा बिद्यार्थिहरुलाई जानकारी गराउनु भएको थियो ।

बिद्यालयका प्रिन्सिपल तेजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेप्पी नेपालका सदस्य सुरेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक खड्ग बहादुर गिरीले गर्नु भएको थियो ।