काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सार्वजनिक गर्ने क्रममा गम्भीर लापरबाही भएको बिषयले सामाजिक सञ्जालमा आलोचना बटुलेको छ । आलोचना गर्नेमा पूर्व प्रधामन्त्री बाबुराम भट्राई समेत छन्।
उनले हाम्रा कर्मचारीको स्तर भन्दै आलोचना गरेका छन्।
नेपाली राष्ट्रपति विद्यादवी भण्डारीले इन्डोनेसियामा केहि दिन अघि सुनामीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको भन्दै त्यहाँका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा समवेदना लेख्नुपर्नेमा बधाई लेखेको सन्देश सार्वजनिक भएपछि आलोचना भएको थियो।
राष्ट्रपतिको हवाला दिदै परराष्ट्र मन्त्रालयले जारी गरेको उक्त विज्ञप्ति अहिले भने सच्याइएको छ।










