प्यारो भाइ रवि, 'नेपाल आईडल सिजन २ विजेता' आज मैले यो पत्र लेख्ने रहर होइन, तर रविलाई दैवले दिएको चोट र रविको खुशिमा आएको वज्रपातको परिस्थितिले मलाई यो पत्र लेख्न बाध्य बनाएको छ। रवि भनेर आमाले बोलाउने स्वर उनको बाल्यकालमा दैवले लुटेको थियो। फेरि जन्म दिने आमा गुमाएपनि रविलार्ई माया गर्ने आमा भनेर बोलाउने संज्ञा पाएका उनलाई आज फेरि आमाले रवि भनेर बोलाउने स्वर दैवले टाढा बनाएको छ। रवि तिमिले फेसबुकमा धेरै भावुक हुदै लेखेका शब्दहरुले मेरो मन मात्र कहाँ होर तिम्रा सबै शुभचिन्तकहरुको आँखा रसाएको छ। अनि सबैले तिम्रो पीडामा पीडाबोध गर्दै कसैले कविता त कसैले आफ्ना भनाईहरु राखेका छन्।
हेर त तिमिलाई माया गर्ने तिम्रा शुभचिन्तकहरु कति छन् एकपटक त्यो पीडालाई शक्तिमा परिवर्तन गर्दै शुभचिन्तकहरुलाई पनि बलियो मन बनाएर सम्झाउन सक्नुपर्छ तिमीले । त्यो पिडा केवल तिमिलाई मात्र कहाँ हो र हर कोही मानिसलाई दैवले दिने चोट हो । त्यसमा तिमीले आफूलाई कमजोर बनाएर आफ्ना सपनासँगै कुद्ने पाईलाहरुलाई बन्धक बनाएर राख्नु हुँदैन्। किनकी एक पटक फर्कि हेर त जीवन कति काहाली लाग्दो परिस्थितिबाट अघि बढेका पाईलाहरु कति पीडा र चुनौतिको संघारमा छन्। दैवले पनि त्यसै कमजोर मनहरुलाई चोट दिन्छ र छानि छानि त्यही महान व्यक्तिलाई उसले गरेको संघर्ष र चालेका पाईलाहरुमा मानिसको परीक्षा पीडा दिदै लिएको हुन्छ।

जस भित्र तिमी पनि एक महान व्यक्ति भएकै कारण तिम्रो खुशिमा पीडा दिदै धैर्यता र चोट सहन सक्ने क्षमताको परीक्षा फेरि पापि दैवले लिएको छ। त्यसैले यस पिडामा एक थोपा आँशु नझार्नु रवि। किनकी तिम्रो आँशुको मुल्यांकन दैवलाई गर्न नदेउ। त्यो भगवान तिम्रो भगवान होईन जो तिमी हामिले दुःख पर्दा हे भगवान भन्ने गर्छौ। भगवान त तिनिहरु हुन जसले तिमिलाई माया गर्ने आमा र तिम्रा स्रोताहरुले माया दिएर नेपाल आइडल विजेता बनाएका छन्।
एकपटक सोच त, तिमिले नेपाल आईडलमा जित्दा मर्ने मान्छे थिए भने त्यो भन्दा धेरै तिम्रो यस पीडामा कमजोर भएर रुदा पनि त मर्ने मान्छेहरु पनि त छन्। त्यसैले तिमीले आफ्ना स्रोतालाई एकपटक बलियो मन गरेर सम्झाउन सक्नुपर्छ। तिमीलाई थाहा नै छ झमक घिमिरेद्धारा लेखिएको उपन्यास “ जिबन काँडा की फूल” त्यसै जीवनसँग तुलना गरी कहाँ लेखिएको हो र अनि अब्राहम लिङ्कनको जीवनीलाई हेर त । त्यस्ता पीडा बन्नेहरुका लागि भन्दा केही गर्ने महान व्यक्तिहरुका लागि मात्र आउछन्। जस भित्र तिमी पनि एक महान व्यक्ति हौँ। जहाँ रवि ओड भनेर हामी सबैले गौरव र सम्मान गर्ने ठाउँ तिमीले दिएका छौँ । त्यसैले तिमि यस पीडा भन्दा माथि उठ्नुपर्छ र तिम्रा स्रोताहरुको मायालार्इ निरन्तरता दिनुपर्छ।
अब तिमीले यो कुरा बुझ्नुपर्छ आमाले रवि भनेर बोलाउनु हुन्थ्यो तर अरुको लागि रविलाई नेपाल आइडल बनाएर चिनाउनु भाको छ। जहाँ हजारौँ आमाले जन्माउने छोरा रवि जस्तै र आमा रविकै जस्तो हुनपर्छ भनेर । आमा छोराको सम्बन्ध तिम्रो प्रगति र आमाको त्यागले ईतिहास रचेको छ। तिमी धेरै रुदै छौँ रे भाइ, त्यो तिम्रो अहिलेको मात्र पीडा कहाँ होर । जुन दिन तिमीलाई जन्म दिने आमाबाट दैवले टाढा बनायो अहिले त्यो घाउ बल्झिएको मात्र हो । जुन पीडा देश विदेशमा रहका तिम्रा शुभचिन्तकहरुले हिजो पनि र आज पनि बोध गर्दै आएका छन्।
त्यो पीडा नत सोच्न सकिन्छ र नत सोचेर नै काम छ, नत कुनै सामना गर्ने उपाय नै छ। त्यसैले त रवि काँडामा फूल, चट्टान फोरेर उम्रिएको रुख बन्, जमिन फोरेर फुटेको मुल बन रवि । अब सबैको मन जित्ने कवि बन रवि । रवि तिमिलाई जन्म दिने र कर्मंं दिने आमाले तिम्रो खुशिमा साथ दिन नसके पनि तर तिम्रो खुशि र प्रगतिको लागि हजारौँ नेपाली आमाहरुको आशिर्बाद तिम्रो शिरमाथि रहिरहने छ।
उहाँ जस्तो महान आमाको यो दुःखद निधनले आज सम्पुर्ण नेपाली मनहरुलाई भावुक बनाएको छ। तपाई नरहेता पनि रवि जस्तो महान छोरोलाई हाम्रा माझमा चिनाएर छोड्नुभएको छ। हजुरको आत्माको चिर शान्तिको कामना साथै स्वर्गमा बासहोस आमा
दिपा नेपाली त्रिविविकिर्तिपुर, काठमाडौँ एमएड दोस्रो सेमेस्टर










