गुलरिया : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित वडासदस्यलाई पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

क्रसर उद्योग सिफारिश गर्न सहयोग दिलाइदिने भन्दै चौधरीले घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोठियाघाट नजिकै रहेको इच्छा होटलमा रकम लेनदेन भइरहेको अवस्थामा हामीले पक्राउ गरेका हांै उनले भने । बिहीबार बेलुकी पक्राउ गरिएका चौधरीलाई अख्तियारको हिरासतमा राखिएको र शुक्रबार नै अदालत लैजाने तयारी भएको गैरेले जानकारी दिएका छन् । अन्नपूर्ण पोस्ट बाट साभार