दमक - विश्वमा भइरहेको प्रविधिको विकासलाई समानान्तर रूपमा अघि बढाउनका लागि वल्र्डलिंकले ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डर्ड’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको प्रोड्क्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस छ । कम्पनीले यस अघिग्राहकलाई प्रदान गर्दै आएको ब्याण्डविथमा थप गरेर ग्राहकलाई इन्टरनेटको नयाँ अनुभव प्रदान गर्न लागेको हो ।
यो प्याकेज मार्फत इन्टरनेटको ब्याण्डविथ थप गर्ने मात्र नभएर ग्राहकलाई उनीहरूले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीका साखा प्रमुख राजन तिम्सिनाले बताउनु भयो।
यसका साथै कम्पनीले यस योजनामा पाँच नयाँ सेवा‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाईफाई’ र ‘डिस्काउन्ट एप’थप गरेको छ । नेपालकै पुरानो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले सधै आफ्ना ग्राहकलाई निरन्तर इन्टरनेटको कनेक्टीभिटीका साथै लगानीको उच्चतम प्रतिफल दिन तत्पर रहँदै आएको छ ।
त्यसैलाई निरन्तरता दिँदै वल्र्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ । यसले मर्मत सम्भार र समय–समयमा इन्टरनेटमा आउने समस्याबाट ग्राहकलाई पर्न गएको क्षतिलाई कम्पनीले समायोजन गर्नेछ । यसको अर्थ, २४ घण्टाभित्र इन्टरनेटमा आएको समस्यामा समाधान नभएको खण्डमा कम्पनीले उक्त अवधिको सतप्रतिशत क्यास ब्याक गर्ने भएको कम्पनीका साखा प्रमुख राजन तिम्सिनाले बताउनु भयो ।










