आजको- पञ्चाङ्ग वि.सं. २०७५ साल पुस १४ गते,शनिबार,इश्वी सन् २०१८ डिसेम्बर २९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष। तिथि– सप्तमी, ८:५१ बजेउप्रान्त अष्टमी,नक्षत्र– उत्तरफाल्गुनी, १४:०८ बजेउप्रान्त हस्त,योग– सौभाग्य, १४:२७ बजेउप्रान्त शोभन,करण– वव, ८:५१ बजेदेखि वालव, १९:५५ बजेउप्रान्त कौलव,आनन्दादिमा उत्पात योग,चन्द्रराशि– कन्या,सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २५ घडी ५२ पला।व्रत/पर्व- अष्टमी व्रत,गोरखकाली पूजा,त्रिपुष्कर योग ८:५१ बजेसम्म।

भोलिको- पञ्चाङ्ग वि.सं. २०७५ साल पुस १५ गते, आइतबार,इश्वी सन् २०१८ डिसेम्बर ३० तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– अष्टमी, ७:०२ बजेदेखि नवमी, २९:३३ बजेउप्रान्त दशमी,नक्षत्र– हस्त, १३:०३ बजेउप्रान्त चित्रा,योग– शोभन, ११:४८ बजेउप्रान्त अतिगण्ड,करण– कौलव, ७:०२ बजेदेखि तैतिल, १८:१५ बजेपछि गर, २९:३३ बजेउप्रान्त वणिज, आनन्दादिमा मानस योग,चन्द्रराशि– कन्या, २४:३८ बजेउप्रान्त तुला,सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ५३ पला। तमू ल्होछार।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,प्रतिष्ठित काम गर्ने मौका छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सजिलै काम बन्नाले उत्साह जाग्नेछ, सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ,एउटै कामबाट दोहोरो लाभ मिल्नेछ,गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,फजुल खर्च बढ्न सक्छ, सचेत रहनुहोला,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – भूमि तथा मातृधनबाट लाभ लिने समय छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,आवश्यकता भन्दा बाध्यताका विषयमा खर्च हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, शोख पूरा गर्नमा खर्च हुनेछ,तापनि, मौकाको फाइदा लिन सकिनेछ,शत्रु र रोगबाट छुटकारा मिल्नेछ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,आजको शुभ अंक १ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ,प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, भाग्यले नसोचेको फाइदा समेत दिलाउन सक्छ, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ, आजको शुभ अंक २ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– केही दण्ड–जरिवाना पनि सम्भावना छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,दाम, नाम,इनाम हात पर्ने बेला छ,व्यापारलगायत आर्थिक लाभ हुने काममा धेरै समय बित्नेछ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) धैर्यले काम लिने समय छ,वारीमा समेत सावधानी अपनाउनु पर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– काममा लगानी बढाउन सकिनेछ, शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, उत्साहमा अलि कमी आउला,अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,सुखद समाचार सुन्न पाइनेछ,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला, चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ,धैर्यले काम लिने समय छ,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यापारमा भने कम मात्र फाइदा होला,आम्दानी पनि राम्रै हुनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

दिब्य ज्योतिष बाट साभार