बैदेशिक रोजगारको क्षेत्रमा क्रमश सुधार गर्दै आउनु भएका श्रममन्त्री गोकर्ण विष्टले पुन अर्को ऐतिहासिक कामको शुरुवात गर्नुभएको छ । विशेषगरी बैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि अब काठमाडौबाटै श्रम स्विकृति लिनुपर्ने बाध्यता हटाउनु भएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि सातै प्रदेशबाट श्रम स्वीकृति जारी गर्ने भएपछि केही सहज हुने भएको छ । योसँगै वैदेशिक रोजगारीमा जानेहरुले लागि श्रम स्वीकृति लगायतका कामका लागि अब काठमाडौं धाउनुपर्ने बाध्यता पनि अन्त्य हुनेछ । वैदेशिक रोजगारीसग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले आइतवारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताउनुभयो ।
पहिलो चरणमा आइतवारबाट प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशस्थित ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन लगायतका कार्य गरिनेछ ।
सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत कार्य पनि प्रदेशस्तरमै हुने मन्त्रालयले जनाएको छ । अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पुर्र्याइको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने तयारी मन्त्रालयको छ ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउबाट मात्र हुदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।










