झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर चोकमा बिरामी बोकेको एम्बुलेन्सलाई बसले ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।

शुक्रवार अपरान्ह पौने ५ बजे बिरामी बोकेर पश्चिम तर्फ जाँदै गरेको मे १ च ५१८३ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसको ठक्करबाट एम्बुलेन्सका चालक विराटनगर महानगरपालिका ४ बस्ने ३५ बर्षीय लाला उराव, अर्जुनधारा नगरपालिका ९ बस्ने बिरामी ४६ बर्षीय चन्द्रबहादुर बस्नेत, एम्बुलेन्समा सवार सोही ठाउँकी ४० बर्षीय जानुका कुवँर, ३७ बर्षीय चेतनकुमारी गौतम र ३४ बर्षीय ज्ञानबहादुर बस्नेत घाइते भएका हुन् ।

घाइते सवै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने बस, चालक र एम्बुलेन्सलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।