रौतहटको कहटरिया नगरपालिकाले हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहाले सफाई पाएको खुशियालीमा सार्वजनिक विदा घोषणा गरेको छ।
विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
अदालतले जेल सजाय तोकेका उनी मेयरमा निर्वाचित भएका थिए। तर, फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ परेका थिए। त्यसविरुद्ध सर्वोच्च गएका उनले शुक्रबार सफाइ पाएका हुन्।
जेलबाट छुटेपछि हेलिकोप्टर चढेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन्।
नगरपालिकाद्धारा शनिबार जारी गरिएको सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहाज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गतेको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा भोलि २०७५।९।१५ गते अाइतबार एक दिन नगर कार्यपालिकाकाे कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, यस नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’










