अर्घाखाँची

मालारानी गाउँपालिका २, का वडाध्यक्ष विष्णुप्रसाद भुसाल १३ दिनदेखि सम्पर्कविहीन छन । पुस २ गते घरबाट खाना खाएपछि परिवारलाई लु १ ब १७४५ नम्बरकोमोटरसाइकल मर्मत गर्ने भनेर सदरमुकाम सन्धिखर्क गएका थिए । मोटरसाइकल मर्मत पसलमा छाडेर शान्तिबगैंचाबाट बस चढेर गोरुसिंगे पुगेको परिवाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी त्यहाँ ओर्लिएपछि कता गएअहिलेसम्म अत्तोपत्तो छैन । डाँडाकटेरी घर भएका भुसाल तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हराएकाले खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएको छ । टिभी अन्नपूर्ण पोस्ट बाट