चितवनमा पुर्व युवराज पारस शाहलाई भब्य स्वागत गरिएको छ । तमू ल्होसारको अवसरमा चितवनको पटयानि गुम्बामा आज (आईतबार) आउनु भएको युवराज शाहलाई भरतपुर एरपोर्टमा भब्य स्वागत गरिएको हो ।

समय अभावका कारण पत्रकार संघ केहि कुरा नगरेका पुर्व युवराज शाहको आज जन्मदिन पनि परेको छ । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन् । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंग मनाउदै आएका पारस आज भने परिवारलाई पोखरामा छोडेर चितवन झरेका हुन । चितवनमा ल्होसार मनाएर पारस साँझ अन्तिम फ्लाईट बाट जन्मदिन मनाउन पोखरा प्रस्तान गर्ने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड