काठमाडौं । ईलाम, कपिलवस्तु र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
ईलाम फाकफोकथुम गाउँपालिका १ लुम्सुङदानस्थित सडकमा मे.१ ज १७८६ नम्बरको बलेरोपल्टिएर सोमबार बिहान दुर्घटना हुँदा उक्त बोलेरो गाडीले किचिएर सोही ठाउँ बस्ने ७२ वर्षीय सोमप्रसाद दुलालको घट्नास्थलमै मृत्यु भएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तैगरी प्युठानमा प्युठान नगरपालिका ७ पुन्यखोलास्थित सडकमा से. १ च २१७३ नम्बरको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ६३ वर्षीय ईश्वरबिकको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तु कृष्णनगर नगरपालिका ८ स्थित सडकमा लु.१ ख ६९०९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही सोही नगरपालिकाबस्ने ७५ वर्षीया तारमती कोरीको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा सोमबार दिउसो मृत्यु भएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जनाएको छ। डिसी नेपाल बाट साभार










