काठमाडौं, पुष १६ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड जापान प्रस्थान गरेका छन् । उनी सोमबार साँझ आठ बजे जापान प्रस्थान गरेका हुन् । नेपाल आइडलको विदेश भ्रमणको पूर्व योजनाअनुरु दश दिने ‘जापान टुर’ का लागि रविसंगै, पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि गएका छन् ।

जापान टुरका लागि रवि आइतबार घरबाट काठमाडौं आएका थिए । सुदूरपश्चिमको कैलाली र कंचनपुरका विभिन्न स्थानमा रविका लागि गरिएको स्वागत तथा बधाई कार्यक्रममा उनि सहभागी हुँदै खुशी साटीरहेका बेला पुस ११ गते बिहान अकस्मात आमाको करेन्ट लागेर निधन भएको थियो । पिडैपिडाकाबीच पनि रवि आफ्नो काममा फर्किएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड