दमक/झापाको कन्काई नगरपालिका १ जुके कल्भट स्थित पुर्वपश्चिम हाईवेमा आज दुर्घटना भएको छ ।
पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे ५ प १७०० नम्बरको मोटर साइकलले दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेकी पैदल यात्रीलाई ठक्कर दिदा २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
झापा कन्काई नगरपालिका १ बस्ने बर्ष ६१ की अम्बिका सुबेदी र मोटरसाइकल चालक कमल गाउपालिका ३ बस्ने होम प्रसाद दुलाल घाइते बनेकाहुन ।
उनिहरुको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।










