काठमाडौं– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मंगलबार उमेरका कारण अवकाश पाउँदै हुनुहुन्छ । प्रधानन्यायाधीशको उमेर ६५ वर्ष पुगेपछि अवकाश पाउने व्यवस्था अनुसार उहाँले आज अवकाश पाउन लाग्नु भएको हो ।

उहाँले अवकाश पाउने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रकृयाअघि बढेको छ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भाग्यको फैसला पनि आजै हुँदैछ । प्रस्तावित प्रधानन्यायाधीश राणाले मंगलबार जवाफ दिइसकेपछि मात्रै संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रस्तावित प्रधानन्यायाधीश राणाको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ समितिको बैठक विहान ११ बजे बस्दैछ । आइतबारदेखि जारी प्रस्तावित प्रधानन्यायाधीश राणाको बारेमा संसदीय सुनुवाई जारी छ । संसदका कर्मचारीको आन्दोलनका कारण आइतबार चार बजेपछि ससदीय सुनुवाई स्थगित भएको थियो ।

सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित राणाको नाम अनुमोदन नगरे बरिष्ठ न्यायाधीशका रुपमा दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश हुनेछन् । राणाभन्दा जोशी सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधीश हुन् । यसअघि सुनुवाइ समितिले जोशीको योग्यताको विषय उठाउदै नाम अस्वीकृत गरेको थियो ।