झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । मंगलवार विहान स्थानीय उत्तरवहादुर बुढाथोकी घाँस काट्न जाँदा स्थानीय शंकर रेग्मीको खेतमा गाडिएको अवस्थामा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख कृष्णप्रसाद हुमागाँईका अनुसार शवको प्रकृति हेर्दा मंगलवार विहान करिव ४ बजेतिर गाडिएको जस्तो देखिन्छ । जन्मनु वितिकै सालले घाँटी थिचेर मार्ने प्रयास गरिएपनि शिशु नमरेपछि पुन सुपारीको पातको डोरी बनाई मारिएको छ ।
शिशुको जीउ पुरै पुरिएपनि दाँया खुट्टा बाहिर निस्किएकाले शव देखिएको प्रहरीले जनाएको छ । शिशु कसले जन्माएको र मारेर गाडेको यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शिशुको पोष्टमाटमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ ।












