काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ दरले घटाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधवार बसेको निगमको सञ्चालक समितिको वैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

निगमको निर्णयसँग अब पेट्रोलको मूल्य १०८, डिजेल र मट्टितलेको मूल्य ९५ रुपैयाँ प्रतिलिटर कायम भएको थियो । यसअघि पेट्रोलको मूल्य ११०, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर थियो ।