काठमाडौ । जीवनसाथी भनेको जीवनमा परेका हरेक समस्याहरुको जस्तोसुकै अवस्थामा पनि मिलेर सामना गर्नका लागी जीवनभरी बाधिएको जोडी मानिन्छ । त्यसले यस्तो सम्बन्धलाई धेरैले एउटै रथको दुई पाग्राको सज्ञां पनि दिएका छन् । किनभने एउटा पाग्राले काम गरेन भने रथ चल्दैन् । तर वास्तविक जीवनमा यही एक सारथीसगँ अनेकौ नराम्रा कुराहरुले सम्बन्धमा चिसोपना ल्याइराखेको हुन्छ । जसले अन्त्यमा सम्बन्धविच्छेद र मृत्युसम्मको बाटोमा पुयाउछ । त्यसैले यही सम्बन्धलाई खुसी र सुखीका साथ टिकाउनको लागी यी उपाय अपनाउनु पर्ने वास्तुशास्त्रीहरुले जनाएका छन् । हेर्नुस् के के हुन् ।

-पहिलो कुरा यस्तो अवस्था सिर्जना भएमा भुलेर पनि झ्यालको नजिकै वा झ्याललाई छोएर ओछ्यान नलगाउनुस् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

-त्यसैगरी दोस्रोमा यदि झ्यालको नजिक ओछ्यान लगाउनै पर्ने भयो अरु कही पनि ठाउँ भएन भनेपनि सिरानी र झ्यालको बीचमा पर्दा लगाउनुहोस् । जसले कुनै किसिमको नकरात्मक उर्जा पैदा नहुने जनाएका छन् ।

-तेस्रोमा आफ्नो घरमा दिनदिनै घ्यूको दिप बाल्नुहोस् । किनभने यो सकारात्मक उर्जाको संकेत हो ।

-चौथोमा यदि तपाईले दियो बाल्ने गर्नुभएको छ भने दियोलाई पूर्व वा दक्षिणतिर फर्काएर बाल्नु राम्रो हुन्छ । जसकारण दियो जस्तो राम्रो सम्बन्ध हुने मान्यता रहेको छ ।

-र अन्तिम हो ,प्रत्येक शुक्रबार पञ्चमुखी दियो ‘बेड रुम’ मा बाल्ने गर्नुस् । यसले पनि तपाईको सम्बन्धलाई प्रघाट बनाउने वास्तुशास्त्रीहरुले बताएका छन् ।