सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन् । जोशी शुक्रबारबाट लागू हुने गरी ५ दिनका लागि बिदामा बसेका हुन् । यद्यपि सर्वोच्च अदालत प्रशासनले भने जोशी बिदामा बसेको बारे कुनै औपचारिक जानकारी नआएको भन्दै यसबारेमा केही थाहा नभएको बताएको छ । बुधबार प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै चोलेन्द्र शमशेर राणाले जोशीविरुद्ध ‘धावा’ बोल्न सुरु गरेका थिए ।
राणाले बुधबार मात्रै पत्रकारसँगको अन्तक्र्रियामा जोशीलाई पेसी नतोकिने भन्दै अदालतलाई बन्धक नबनाउन जोशीसँग आग्रह गरेका थिए । चतुर शैलीमा प्रस्तुत भएका राणाले जोशी आफ्नो परममित्र भएको तर संसद्को सम्मानका लागि आफूले उनलाई इजलास दिन नसकेको भन्दै राजीनामा गर्न सुझाएका थिए ।










