मानिसलाई स्वास्थ्यसम्बन्धी धेरै समस्या हुनेगर्दछन् । यसको बारेमा अरुलाई भन्न लाज मान्छन् । अनी अन्य मानिसको अगाडि चिलाउदा पनि लाज नचिलाई लामो समय सम्मा बस्दा नि गार्हो हुने गर्दछ । हुन त अप्ठ्यारो ठाउँमा चिलाउनु सामान्य समस्या हो तर सही समयमा यसलाई ध्यान दिएन भने यसले गम्भीर रूप लिनसक्छ । यहाँ बताइएका घरेलु उपायले प्राइभेट पार्टहरू सफा गर्न सकिन्छ । केमिकल क्रीमहरू प्रयोग गर्नुभन्दा घरेलु उपायले यसलाई ठीक पार्न सकिन्छ ।
दही : शरीरमा भएको जुनसुकै संक्रमणबाट छुटकारा पाउन दही सर्वोत्तम उपाय हो । यसको प्राकृतिक गुणले चिलाउने र संक्रमणको समस्यालाई हटाउँछ । दिनदिनै आहारमा एक कचौरा दहीमा चिनी हालेर खानुस् । अनि योनिमा दहीको लेप लगाउँदा पनि आराम हुन्छ । दिनदिनै यसको प्रयोगले फाइदा हुन्छ ।
स्याउको अमिलो : एप्पल साइडर भिनेगर अर्थात् स्याउको अमिलोमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छन् जसले संक्रमणलाई प्राकृतिक रूपमा हटाउँछन् । दुई चम्चा स्याउको अमिलो मनतातो पानीमा हालेर गुप्तांग धुनुस् ।
लसुन : खानामा लसुन उपयोग गर्नुस् जसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । दिनदिनै लसुनको पोटी खाँदा फाइदा हुन्छ ।
बरफले सेक्ने : राति सुत्नुअघि बरफको टुक्राले योनि सेक्नुस् ।
नूनपानी : तातो टबमा अलिकति नून हालेर पानीमा केही समयका लागि बस्नुस् । आराम पाउनुहुनेछ ।
तुलसी पानी पिउने : तुलसीका पातहरूलाई पानीमा उमालेर दिनमा दुईचोटि पिउँदा पनि फाइदा हुन्छ ।









