दमक/झापाको कमल गाँउपालिका ५ मंगलबारे स्थित पाडाजुगी गौरिगंज सडक खण्डमा अघि अपरान्ह मोटरसाइकल दुर्घटना भएको छ ।

उत्तर बाट दक्षिण तर्फ जादै गरेको मे.७ प. ८४०१ नम्बरको मोटर साइकल र बाटो क्रस गर्न लागेको को.१६प. २१८९ नम्बरको मोटर साइकल एक आपसमा ठक्कर खाएर दुर्घना हुँदा मे७प ८४०१ न।को मोसा चालक कमल वडा नंं ६ बस्ने वर्ष ६३ का फडिन्द्र नारायन ताजपुरीया घाइते भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको लाइफ लाइन अस्पत दमकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।