न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
सार्वजनिक यातायातमा सँधै सास्ती !
काठमाडौं । सार्वजनिक यातायातमा सामान्य यात्रुलाई त यात्रा गर्न सहज छैन भने बृद्धबृद्धा अपाङगता भएका व्यक्तिहरुलाई त झनै गाह्रो छ । अधिकांश सार्वजनिक यातायातमा वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सवारी चालक तथा सहचालकले नै दुरव्यवहार गर्ने गरेका छन् । सामाजिक सञ्जालमा एक वृद्ध महिलाले सरकारले दिएको जेष्ठ नागरीक परिचय पत्रको आधारमा पाइने भाडा छुट माग्दा उनी माथि सहचाकले गरेको दुरव्यवहार भाइरल भएको छ ।
‘तपस्वी’ भनिएका बम्जनको आश्रममा प्रहरीले सुरु गर्यो अनुसन्धान !
काठमाडौं । ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा प्रहरीले अनुशन्धान थालेको छ ।
फरेन्सिक विज्ञसहित जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आश्रम परीशरमा खोजतलाश गर्दा ३ सय मीटरको दुरीमा ९ वटा नुनको प्याकेटका खोल भेटिएको सिन्धुपाल्चोक प्रहरीका प्रहरी नायव उपरीक्षक बिमलराज कँडेलले बताए ।
प्रहरीलाई पहरेदार बनाउदा चोरी भयो बालुवा !
कपिलवस्तु । कपिलवस्तुको वाडगंगा नदी किनारको नदीजन्य वस्तु तस्करीमा प्रशासन र प्रहरी नै एक अर्कालाई दोष लगाएका छन् । इलाका प्रशाशन कार्यालय जीतपुरका प्रमुख विक्रम शर्मा सहित स्थानीय तथा पत्रकारका टोलीले बुधबार कपिलबस्तुको वाणगंगा ७ बनगाई क्षेत्रको वाणगंगा नदी किनारमा अबैध रुपमा डम्पिङ गरिएको १ सय बढी ट्रली वालुवा फेला पारेका थिए । ठूलो परिमाणमा रहेको बालुवा सुरक्षा र व्यवस्थापनका लागि तत्कालै प्रहरी र वडा अध्यक्ष लाई जानकारी गराएका थिए ।
मेहेक बानुजस्तै आफ्नो बुवा खोज्दै जर्मनीकी महिला हाम्रो कार्यालयमा !
काठमाडौं । केही समय अघि हामीले कश्मीरकी मेहक बानुले आमालाई खोज्दै आएको रिपोटृ प्रशारण गरेपछि १२ बर्षपछि उनकी आमा उषा थापासँग भेट भएको थियो । मेहक बानुकी आमा भेटिएको समाचार थाहा पाएपछि जर्मीनकी आईसा देवी ईन्ज पनि आफ्ना बाबु खोज्दै हाम्रो कार्यालय आएकी छन् ।
न्यूज २४ नेपाल टिभी बाटhttps://youtu.be/1YkZL9wSDXY










