महिलाहरुले वास्ता नगर्ने यी थरिथरिका क्यान्सरहरु

नियमित गरिने चेकजाँचले शरीरमा क्यान्सरले घर बनाएको छैन भन्दैमा ढुक्क भएर बस्न हुन्न। आफ्नो शरीरमा केही फरक, अनौठो तथा वर्णनगर्नै नसकिने लक्ष्ण देख्नुभयो या सुन्नुभयो भने होसियार हुनुपर्छ।

हाज हामीले शरीरमा देखा पर्ने केही लक्ष्णहरुका बारेमा चर्चा गर्दैछौं जुन महिला दिदी बहिनीहरुले बेवास्ता गर्ने गरेका छन्।

१. स्तन रातो हुनु, दुख्नु तथा सुनिनु
यो स्तन क्यान्सरको लक्ष्ण हो। यस्तो समस्या देखा परेमा आफ्नो चिकित्सकलाई भेटिहाल्नुपर्छ।

२. स्तनको मुन्टामा परिवर्तन आउनु
स्तनको मुन्टा फराकिलो, लत्रिनु तथा दायाँ वा बायाँतिर झर्नु भनेको स्तन क्यान्सरको लक्ष्ण हो।

३. बारम्बार ज्वरो तथा संक्रमण हुनु

यो रक्त नली तथा बोन म्यारोजन्य क्यान्सरको लक्ष्ण हो। अनि यसका कारण असमान्य सेतो रक्त कोषहरु उत्पादन हुनुका साथै शक्ति क्षृण हुँदै जान्छ र शरीरले शंक्रमणसँग जुध्न सक्तैन।

४. झोल तथा ठोस खानेकुरा निल्न गाह्रो

निल्न गाह्रो हुने समस्या घाँटीजन्य समस्यासँग संबन्धित हुन्छ। अनि कहिलेकाही यसका कारण फोक्सोको क्यान्सर समेत हुन पुग्छ।

५. कमजोरी तथा थकान

थकान तथा कमजोरी महसुस गर्नु भनेको क्यान्सरको लक्षण हो। अनि थकान तथा कमजारी निरन्तर महसुस भएको खण्डमा बिवास्ता गर्नुहुँदैन। अझै थकानका कारण रातीगरि निन्द्रा लागेन भने आफ्ना चिकित्सकलाई भेटीहाल्नुहोस्।

६. अनावश्यक रुपमा शरीरको तौल बढ्नु र सुनिनु

महिलाहरुको शरीर अनावश्यक रुपमा मोटो तथा सुनिएका खण्डमा पाठेघर क्यान्सरको संका हुन सक्छ।

७. भोक नलाग्नु

पाठेघर क्यान्सरको लक्ष्णका कारण महिलाहरुलाई भोक नलाग्ने हुनसक्छ। अनि यस्तो अवस्थामा महिलाहरुले खाना नखाएपनि भोक लाग्दैन।

८. पेट नियमित रुपमा हलुका सँग दुखिरहनु

पाठेघरमा समस्या तथा पाठेघरमा क्यान्सर भएको खण्डमा महिलाको पेटमा दर्दहुने गर्छ। फियोमा समस्या भएको खण्डमा पेटदर्द हुन्छ।

९.दिशामा रगत आउनु

कोलेरेक्टर क्यान्सरको लक्ष्णमा महिलाहरुमा दिशा बस्दा रगत आउने गर्छ।

१०. अनावश्यक रुपमा शरीरको तौल घटेमा

शरीरको तौल अनावश्यक रुपमा घटेमा कोलन क्यान्सरको लक्षण मान्नुपर्छ। अनि यो बिस्तारै कलेजोतिर सर्दै जान्छ जसका कारण भोक लाग्दैन।

११. सास फेर्दा हल्का गार्हो महसुस

फोक्सोको क्यान्सरहरु मध्ये धेरैले सुरुमा सास फेर्दा नजानिदो तरिकाले अपठ्यारो भएको महसुस गरेका हुन्छन्। तर सुरुमा बेवास्ता गर्नाले पछि रोगले च्याप्ने गरेको अध्ययनले देखाएको छ।

१२. नियमित खोकी तथा छातीमा दर्द

ल्युकेमिया तथा लंग ट्यूमरका कारण लहरे खोकी तथा ब्रोङकाइटिस भएको हुनसक्छ। कतिपय फोक्सो क्यान्सरका रोगीहरु छाती दुखेको अनुभव गर्छन् जुन कांध तथा पाखुराको तल सम्म लम्बिएको हुन्छ।

१३. महिनाबारी अवधिमा अत्यधिक रगत बग्नु तथा दर्दहुनु

यो अवस्था पिसावथैलीमा क्यान्सरको लक्षण हो। यस्तो अवस्था नियमित रुपमा दोहोरिरहेको खण्डमा चिकित्सकलाई भेटी हाल्नुपर्छ।

१४. अनुहार सुनिएको

कतिपय बिरामीहरुमा फोक्सोको क्यान्सर लागेको बखत उसको अनुहार सुनिएको तथा रातो हुने गर्छ।

१५. शरीरको कुनै घाउ निको नहुनु तथा सजिलै रगत बग्नु

छालाजन्य क्यान्सरमा यस्तो समस्या देखिने गर्छ।

१६. नङ्को रङमा परिवर्तन आउनु

हाथगोडाको नङमा अकस्मात तरिकाले परिवर्तन देखिन थाले पछि सचेतना अपनाउनु पर्छ। यो बिभिन्न प्रकारको क्यान्सरको लक्षण हुनसक्छ। यस्तो अवस्था छाला क्यान्सर, फोक्सो क्यान्सर तथा कलेजो क्यान्ससमा देखिन्छ।

माथी उल्लेखित लक्षणहरु तपाई वा तपाईका आफन्तमा देखापरेको खण्डमा तुरन्त आफ्नो चिकित्सकसँग भेटेर सल्लाह गरिहाल्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय