पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावा र सौर्य प्रणालीबाट विद्युत उत्पादन गरिएको छ। हावाबाट २० र सौर्य प्रणालीबाट ५० गरि ७० किलोवाट विद्युत उत्पादन गरिएको हो।समितिकाअनुसार उत्पादित विद्युतबाट सप्तमी बजारसहित आसपास क्षेत्रका केही घर गरि कूल एक सय १० घरमा विद्युत जडान गरिएको छ।
गत वैशाखको पहिलो सातादेखि निर्माण थालेको टप्सन कृष्णगृल जेभीले मंसीर मसान्तमा सम्पूर्ण काम सकेर विद्युत परीक्षण गर्नु पर्ने सम्झौतामा उल्लेख भएपनि काम सक्न भने दुई साता ढिला भएको थियो।
उक्त मिनी ग्रिड, उपभोक्ताको २० लाख २५ हजार, मिक्लाजुङ गाउँपालिकाको २४ लाख ७५ हजार र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको चार करोड पाँच लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। उत्पादित विद्युत पुसको दोश्रो सातादेखि परीक्षण प्रसारणमा छ।
पुस मसान्तसम्म परीक्षण गरिने र माघदेखि भने चौबिसै घण्टा विद्युत प्रसारण गरिने सप्तमी वायू तथा सौर्य उर्जा मिनी ग्रिड उपभोक्ता समितिले जनाएको छ।










