दमक/शिवसताक्षी नपा १० फाल्गुनन्द चोक स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे ६ प ४६५९ नम्बरको स्कुटीलाई सोही दिशाबाट जादै गरेको को ५ प १६० नम्बरको मोटर साइकलले ठक्कर दिदा २ जना घाइते भएकाछन् ।

मोटरसाइकलले स्कुटीलाइ पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर हिलेहाङ ७ बस्ने वर्ष २८ को धन बहादुर श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्कुटी चालक झापा शिवसताक्षी नपा ८ संझना चोक बस्ने वर्ष ४५ को नर बहादुर शिबुको विर्तासिटी अस्पताल विर्तामोड उपचार भैरहेको बताइन्छ ।