काठमाडौं, /सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको कार्यकाल तीन वर्ष कायम राख्ने निर्णय गरेको छ । चार वर्षे कार्यकाल घटाएर तीन वर्षे बनाएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभागका प्रमुखको कार्यकाल घटाएपछि अहिलेका प्रमुख दिलीप रेग्मी स्वतह पदमुक्त हुनु भएको छ ।
उहाको कार्यकाल तीन वर्ष पुरा भईसकेकाले पदमुक्त भएको बताइएको छ । रेग्मी पदमुक्त भएसगै विभागको प्रमुखमा गणेश अधिकारीलाई नियुक्त गरिएको छ । उहाले सोमबार राती नै पदभार ग्रहण गरिसक्नु भएको छ । अधिकारीले बरफबाग स्थित कार्यालयमा पदभारग्रहण गर्नुभएको हो ।
रेग्मी ०७२ जेठमा अनुसन्धान प्रमुखमा नियुक्त हुनु भएको थियो । काँग्रेस नेतृत्वको तत्कालीन सरकारले पर्वतका रेग्मीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको थियो ।
राष्ट्रिय अनुसन्धान विभाग देशको एकमात्र आन्तरिक तथा बाह्य गुप्तचरी निकाय हो।
पहिले गृह मन्त्रालय अन्तरगत रहेको विभागलाई अहिले प्रधानमन्त्री मातहत ल्याइएको छ। देशभित्र र बाहिर रहेका नेपाली दुतावासमा गरी विभागका २३ सय अधिकारी कार्यरत छन्।










