काठमाण्डु, २४ पुस – मानव तस्करीको आरोप लागेर विवादमा परेकी अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।

परराष्ट्र मन्त्रालयले गरेको छानबिनका आधारमा सरकारले शेर्पालाई राजीनामा दिन दबाब दिएको थियो । यसैक्रममा शेर्पाले मंगलवार परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन सुझाएका थिए ।