छाउगोठमा भएको आगलागीमा दुई छोरासहित आमाको मृत्यु भएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा गए राति छाउगोठमा आगलागी भएको हो । आगलागीमा परी मृत्यु हुनेमा ३५ वर्षीया अम्बा बोहरा र उनका छोराहरु ९ वर्षीय सुरेश र ७ वर्षीय रमित छन् । आगलागबिाट निसासियर उनीहरको मृत्यु भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
‘मृतकको कपडा मात्रै जलेका छन् । बिहान अबेरसम्म बाहिर नआएपछि सोधिखोजी गर्ने क्रममा गोठभित्र हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका हुन्। सदरमुकामबाट प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ हिँडेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । फाइल फोटो










