काँग्रेसको विरोधपश्चात स्थागित भएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाएको भन्दै काँग्रेसले रोस्टम घेराउ गर्दै नाराबाजी गरेपछि आइतवार बैठक स्थगित भएको थियो । प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने नेपाली कांग्रेसको अडान कायमै छ । आजको बैठकमा पनि प्रश्न गर्न नदिए संसद चल्न नदिने उनीहरुको तयारी छ ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले आज मध्याह्न १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनु पर्ने बताए । प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उहाँले जवाफ दिने कार्यसूची तय गरेन भने बैठक अवरुद्ध गर्छौं ।’उनले भने । कार्यव्यवस्थाको बैठक मध्यान्ह १२ बजेलाई बोलाइएको छ ।