काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह् ४ बजे बस्दैछ ।
प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरुमाथि उठेका प्रश्न र कामका बिषयमा समिक्षा गर्नुहुने उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । आजको मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले वाइडबडी खरिद अनियमितताका बारेमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग बुझ्नुहुने उहाँको सचिवालयले जनाएको छ ।
ओली नेतृत्वको सरकारका मन्त्रीहरुबारे अहिले विवाद हुँदै आएको छ । यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा बस्ने नेपाली चेलीहरुको अस्मिताका सवालमा बोलेको भन्दै राजीनामा दिनु परेको थियो । मन्त्रिपरिषद् सुव्यवस्थित नबन्दा प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा जवाफ दिनुपरेको छ ।










