प्रधानमन्त्री केपी शर्मा ओलीको खुट्टामा समस्या देखिएको छ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले आफ्नो खुट्टामा समस्या देखिएको बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रम स्थलमा आउँदा खुट्टा खोच्चाएका उनी गाह्रो गरी तेस्रो तल्लामा रहेको कार्यक्रम हलमा पुगेका थिए।

खुट्टामा समस्या आएपछि प्रधानमन्त्री ओलीले बसेरै आफ्नो मन्तव्य दिएका छन्।

‘बसेरै बोल्यो, हेपायती भयो भन्ने नठान्नु होला’, प्रधानमन्त्री ओलीले भने, ‘भन्न त नमिल्ने हो, मेरो खुट्टामा समस्या छ।’

उनले खुट्टामा समस्या भएको बताए पनि के समस्या भएको भन्नेबारे भने केही बताएनन्। नेपाल खबर बाट साभार गरिएको