काठमाडौं । प्रदेश ५ को नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाले जानकारी दिनुभएको छ ।
‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।











