आजभोली सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन्। तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ। पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ। खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?
१. कन्डम नभुल्नुस : तपाईं पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने दिमागमा कुनै पनि डर वा धक नराखेर कन्डम लगाउन नभुल्नुस्। किनकी कन्डमले एचआईभी संक्रमण, गर्भ रहनबाट जोगाउछ।
२.हरपल रोमाञ्चित रहनुस : खासगरी पहिलोपटक सेक्स गर्नेबेला खासगरी पुरुषहरुले आफ्नो राम्रो भुमिका प्रदर्शन गर्नुपर्छ। यदि तपाईं सेक्स गर्ने मुडमा हुनुहुन्छ र तपाईंको पार्टनर पनि त्यसको लागि राजी छिन भने नर्भस नभईकन त्यसको ईन्जोए गर्नुस्। तपाईंसँग जब पार्टनर छ भने अरु कुरा सबै भुल्नुस्। तर, ब्लुफिल्म या अन्य कुनै फिल्मलाई दिमागबाट हटाउनुस्। किनकी फिल्ममा धेरै कुरा सत्य हुदैनन्।
३.धैर्यता अपनाउनुस : तपाईं सेक्सको लागि तयार हुनुहुन्छ भने पनि हतार नगर्नुस्। बरु तपाईंको पार्टनरलाई पनि सेक्सको लागि तयार हुन दिनुस्। अर्थात् पार्टनरलाई उत्तेजित बनाउने भुमिका हुनुपर्छ तपाईंको। यसकोलागि ओरल सेक्स, बडी मसाजलगायत गतिविधि गर्न सक्नुहुन्छ। यसका धेरै तरिका छन्। तर, तपाईंको पार्टनरलाई जे राम्रो लाग्छ त्यो कुरा मात्रै गर्नुस्।
४.लुब्रिकेन्ट्सको प्रयोग : पहिलोपटक सेक्स गर्दा प्राय स्त्रीहरुलाई पीडा हुन्छ। त्यसैले तपाईंले यो कुरालाई बिशेष ख्याल पु¥याउनु पर्ने हुन्छ। पार्टनरलाई पीडा नहोस् भनेर तपाईंले आफ्नो लिङ्गमा चिल्लो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ। सेक्सको बेला प्रयोग गर्ने लुब्रिकेन्ट बजारमा पाइन्छ। त्यसो त सबै कण्डममा चिल्लो पदार्थ हुन्छ।
पहिलो पटक सेक्स गर्दा स्त्रीको योनी भित्र रहने पातलो झिल्ली फाट्छ र रगत बग्छ। यदि रगत आएन भने कुमारीत्व भंग भैसकेको भन्ने आम धारणा छ। तर यो कुरा गलत साबित भईसकेको छ। कसै कसैको सेक्स नगरे पनि झिल्ली फाटिसकेको हुन्छ। खासगरी शारिरिक श्रम गर्ने, साकइल चलाउनेहरुको झिल्ली सेक्स गर्नु अघि नै फाटिसकेको हुन्छ।
५. पार्टनरको चाहना ख्याल राख्नुस : आफ्नो पार्टनरले के चाहान्छ, के चाहँदैन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ। नवविवाहित जोडीलाई सबैभन्दा अप्ठेरो पर्ने कुरा नै यही हो। आजभोली बिहे अघि नै धेरैजसोको चिनजान र धेरैपटक भेटघाट भैसकेको हुन्छ। यस्तोबेला एकअर्काको भावना साटासाट त हुन्छ। तर बेडरुममा अर्थात् सेक्स गर्ने बेला के मन पर्छ के मन पर्दैन भन्ने कुरा बुझ्नु अत्यत्न जरुरी हुन्छ। यसको लागि सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग सेक्सको बारेमा खुलेर कुराकानी गर्न सकिन्छ। यदि पार्टनरले सेक्सको बारेमा खुलेर कुरा गरेमा निश्चितरुपमा पहिलो पटकको सेक्सको राम्रोसँग मजा लिन सक्छन्।
६. समस्या आउन सक्छ : धेरैजनालाई पहिलोपटक सेक्स गर्दा केही समस्या आउन सक्छ। जस्तो की कुनै पुरुष लाजले वा तनावले उत्तेजित नहुन सक्छ। कोही सेक्स गर्नु अघि नै स्खलित हुन सक्छ। कतिपयलाई एलर्जीको देखिन सक्छ। यसो भएमा नआत्तिनुस्। बरु धैर्यपूर्वक काम गर्नुपर्छ। कैयौं पुरुषमा सेक्स समस्याको कारण आत्मबिश्वास डगमगाउने गर्छ। तर साँचो कुरा के हो भने पहिलोपटक सेक्स गर्दा यी सबै हुनु सामान्य कुरा हुन्।
७. कोही पनि बेस्ट हुदैन : तपाईंले के कुरा ख्याल गर्नुपर्छ भने पहिलोपटकको सेक्समा राम्रो भुमिका निर्वाह गर्न सकिन भनेर चिन्ता लिनु पर्दैैन। यसले तपाईंको सेक्स लाइफ बिग्रिदैन। सेक्समा कोही पनि उत्कृष्ट हुदैन। नियमित रुपमा सेक्स गर्दै जाँदा अनुभव हुँदै जान्छ र राम्रो सेक्स जीबन बन्छ।
८. सेक्सपछि के गर्ने ? सेक्स गरिसकेपछि तपाईं आफ्नो पार्टनरसँगै रहनुपर्दछ। कुराकानी गरेर रहन सक्नुहुन्छ। जस्तो की सेक्सको अनुभव कस्तो भयो ? सेक्सको बेला के कमी लाग्यो? आदि आदि। तपाईं चाहनुहुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई बडी मसाज गरिदिन पनि सक्नुहुन्छ।









