काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुका नाममा खोल्ने भनिएको अस्पतालमा कुनै पूर्वाग्रह नराखिएको स्पष्ट पारेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर सेसनमा कांग्रेस सांसद मिनेन्द्र रिजालले कांग्रेस नेता र पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामको अस्पताललाई विघटनको दोसाधमा किन लगेको भन्ने प्रश्न गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘गिरिजा र सुशील कोइरालाको नाम मन नपरेर होकी के हो जीपी कोइराला स्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यानन्सर अस्पताललाई घिटनको दोसाधमा पुर्‍याएको ?’ रिजालले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । सांसद रिजालको प्रश्नमा जावाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले नेताहरुको नाममा खोल्न लागिएको अस्पताललाई यथास्थितिमा राख्न नखोजेको बताए ।

आफूले यस सम्बन्धमा कांग्रेस सभापति र अन्य नेताहरुसँग कुरा गरिरहेको दाबी गरे ।

गिरिजा कोइरालाको नाममा खोल्ने भनिएको अस्पतालमा स्वास प्रश्वास सेवा मात्र नचल्ने भएका कारण त्यसलाई कसरी व्यवस्थित गर्ने र बजेटको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कांग्रेस नेताहरुसँग कुरा भइरहेको प्रधानमन्त्री ओलीले बताए ।

‘मास्ने समाप्त पार्ने र नाम मन नपरेसम्मको सोचाइ आउँछ भन्ने सोचेको होइन’ जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने,‘हिजो बेलुका साँझ सम्म पनि मैले कांग्रेस सभापति, वरिष्ठ नेता र बिजय गच्छादारसँग पनि कुरा गरेको छु ।’ यसलाई प्रभावकारी ढंगमा कसरी अगाडि बढाउ भन्ने सरकार केन्द्रीत भइरहेको समयमा यो प्रश्न नै अनौठो भएको प्रधानमन्त्रीको भनाइ थियो ।

‘जमिन मात्र राखेर यथावत हुन्छ ? यथावत राखेर होइन हस्पिटल बनाएर अगाडि बढाउने होला नि ! जमिन मात्र राखेर यथावतमा राख्ने हो ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

लोकान्तर बाट साभार