दमक/गौरादह उद्योग बाणिज्य संघमा सोमबार भएको निर्वाचनमा अध्यक्षको उम्मेदवार डिल्लि काफ्लेलाइ अन्र्तघात गरेर हराईएको उनि निकटहरुले बताएकाछन् । नेकपा एमाले निकट ब्यवसायि काफ्लेलाई पार्टीले आधिकारीको उम्मेदवारको रुपमा उठाएको थियो । पार्टीबाट असन्तुष्ट भएर दीलिप भण्डारीले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
काफ्ले र भण्डारीको मत बराबरको अवस्थामा आएको छ । काफ्लेले २ सय ९१ र भण्डारीले २ सय ८० मत ल्याएकाछन् । एकभएर उठेको भए यो मत ५ सय ७१ हो । काँग्रेस निकटका ब्यवसायि जीबन राइले ५ सय ५८ मत ल्याएकाछन् । दूइजना उम्मेदवार भएपछि स्वतन्त्र तथा तटस्थ बसेकाहरुले खेर जानु भन्दा जीत्नेलाइ हाल्ने भन्ने एउटा मनोबिज्ञान रहेकाले पनि दूबै जनाले त्यस्ता प्रकारका मत कम ल्याउदा राइले फाइदा पुग्यो ।
नेकपा एमालेको गढ र लालकिल्ला भत्काएपछि नेपाली काँग्रेसले यसलाई एउटा ठूलो जीतको रुपमा लिएको छ । झापा उद्योग बाणिज्य संघको शाखा हुदा कहिल्यै अध्यक्ष बन्न नसकेको काँग्रेस स्वायत्त भएपछि पहिलोपटक नै अध्यक्ष बनेको छ । काफ्ले निवर्तमान अध्यक्ष हुन् । उनले आफू इच्छुक नभएको र अध्यक्षमा नउठ्ने बताएका थिए ।
पाटी भित्रको झगडा र उम्मेदवार चयनमा देखिएको बिबादले अन्त्यमा काफ्ले उम्मेदवार बन्न बाध्य भएका थिए । त्यसपछि भण्डारी ब्याक हुने अड्कल गरिएपनि उनि ब्याक भएनन् । काफ्लेमाथि अन्र्तघात भयो र उनि हारे । काफ्ले स्वच्छ छबि र इमान्दार ब्यवसायिको रुपमा नै गौरादहमा चिनिदै आएकाछन् ।
को हुन भण्डारी ?
उनि पनि काफ्लेभन्दा अगाडिका अध्यक्ष हुन् । उनी गौरादहका राम्रा ब्यवसायिमा गनिन्छन् । उनलाइ मात्र नै पाटीले उम्मेदवार बनाएको भए जित्न सक्ने ब्याक्ति हुन । निर्माणाधिन गौरादह अतिथि सदन निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन् । ब्यवसायिमा राम्रो पकड पनि राख्छन् । यस निर्वाचनले दूइ असल ब्यवसायिको ब्याक्तिगत पहिचान र बाणिज्य संघको योगदानको अब चर्चा भन्दा पनि एकले अर्कालाइ हराएको चर्चाले प्राथमिकता पाउने भएको छ ।



