काठमाडौं- अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन समयले भ्याएसम्म एकअर्काको फिल्म हेर्ने गर्छन्। केकीले पछिल्लोपटक नाजिर अभिनीत फिल्म ‘वीरविक्रम’ हेर्दा नाजिरले ‘श्री ५ अम्बरे’ र ‘फन्को’ हेरे। रंगमञ्चबाट फिल्ममा आएका नाजिर र म्युजिक भिडियोबाट फिल्ममा उदाएकी केकीले फिल्ममा सँगै स्त्रि्कन सेयर गरेका छैनन्। उनीहरु चाँडै नै फिल्म ‘राज्जा रानी’मार्फत् प्रेमजोडीका रुपमा दर्शकमाझ आउने भएका छन्।

फिल्ममा केकी र नाजिर मधेसी चरित्रमा देखिँदै छन्। केकीले पहिलोपटक मधेसी चरित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताइन्। ‘रोमान्टिक जोडीको रुपमा दर्शक माझ आउँदै छौं,’ केकीले भनिन्, ‘फिल्ममा मेरो भूमिका रानी पात्रको छ। जसमाथि दर्शकले आफूलाई महसुस गर्न सक्छन्।’

‘होस्टेल रिटर्नस्’, ‘जंगे’ फिल्ममा मधेसी चरित्रमा देखिएका नाजिरले केकीसँगको आफ्नो जोडी दर्शकका लागि नयाँ स्वाद हुने विश्वास व्यक्त गरे। फिल्मको मुहूर्तमा केकी र नाजिर बेहुलाबेहुलीको लुक्समा देखिए।

यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका यम थापाले सानो भेगको जनजाति कथालाई फिल्मले प्रस्तुत गर्ने बताए। ‘फिल्मले पश्चिम तराईको प्रेमलाई देखाउनेछ, फिल्मको नामले व्यक्तिलाई इंगित गरेजस्तो देखिए पनि कथा त्यस्तो छैन। यो पश्चिम तराईको प्रेमको भाषा हो, यसलाई प्रेमको प्रतीकको रुपमा बुझिदिनुहोला,’ फिल्मका लेखकसमेत रहेका यमले भने। यम ‘कोहिनुर’, ‘वीर विक्रम’, ‘शब्द’, ‘के म तिम्रो होइन र’ र ‘रानी’का लेखक हुन्।

यसै फिल्मबाट निर्माताका रुपमा आउन लागेका रमेश एमके पौडेलले चलचित्र विकास बोर्डले ल्याउन लागेको बक्स अफिस स्थापनामा सहकार्य गर्न आफ्नो कम्पनी डिस होम तथा सिम टिभी तयार रहेको बताए। कार्यक्रममा अभिनेता भुवन केसी र अभिनेत्री रेखा थापाले फिल्मलाई सफलताको शुभकामना दिए।

आर्यन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा पत्रकार अनुप भट्टराई लाइन प्रोड्युसर छन्।

फागुन ५ गतेबाट नेपालगन्जदेखि सुटिङ सुरु हुने फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको पनि अभिनय रहनेछ।

फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah