दमक÷श्रीमान् बैदेशिक रोगजारीका सिलसिलामा साउदी गएपछि माइती घर झापाको दमक–६ वस्दैै आएकी यमुना न्यौपाने अधिकारी पक्राउ परेकीछन् । एकसाता अघि रतुवा खोलाको पुलमुनी झाडीमा सालनाल सहितको बच्चा बिभित्स रुपमा फेला परेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार शंकाश्पद रुपमा रहेकी महिलालाई ल्यार छानबिन गर्दा उनैले बच्चा फ्याकेको स्वीकार गरेकाले थप अनुसन्धान भइरहेको छ । उनि घटना भएको केहिदिन अघि देखि नै घरमा सम्पर्कमा रहेकी थिइनन् । श्रीमान्कै बच्चा हो या अनैतिक सम्बन्धबाट हो भन्ने अहिले नै भन्न नसकिने अवस्था रहेको बताइएको छ । श्रीमान छ महिना अघि बैदेशिक रोजगारीमा गएको र बच्चा पनि अन्दाजी ६ देखि ७ महिनाको रहेको थियो । अबैध गर्भपतन गराएर शिशुको हत्या भएकाले त्यसै अनुसार मुद्धा अघि बढाइने प्रहरी भनाइ रहेको छ ।
https://www.youtube.com/watch?v=LzX4nxfmEII&t=10s



