झापाको दमक ४ ताराबारीमा आतिथ्य सेवा क्षेत्रमा नयाँ उचाइ ल्याउने उद्देश्यसहित सुविधा सम्पन्न र अत्याधुनिक संरचनासहितको “होटल कोजी होम एन्ड थकाली भान्सा” यही माघ २८ गते बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

सञ्चालक टिका बस्नेतका अनुसार, यात्रु, पर्यटक र व्यावसायिक यात्रालाई लक्षित गर्दै स्थापना गरिएको यस होटलले आराम, सुविधा र स्वादलाई एकै ठाउँमा समेट्ने लक्ष्य लिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

होटलमा १५ वटा आरामदायी कोठा उपलब्ध छन्, जसमा प्रत्येक कोठामा अट्याच टॉयलेट–बाथरूम र एयर कन्डिसन सुविधा रहेको छ। शान्त वातावरण र आधुनिक इन्टेरियर डिजाइनले पाहुनालाई घरजस्तो अनुभव दिलाउने विश्वास गरिएको छ।

यस होटलको मुख्य आकर्षणको रूपमा रहेको “थकाली भान्सा” रेस्टुरेन्ट सँगै क्याफे, बार र सेमिनार/मीटिङ हल सेवा पनि उपलब्ध हुने बताइएको छ। यहाँ विशेष रूपमा थकाली खाना पस्किने व्यवस्था गरिएको छ।

होटलले झापा, दमक, उर्लाबारी र आसपासका क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। साथै, महेंद्र राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूलाई सहज विश्राम, खानपान र सेवा सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

राजमार्ग नजिकैको अवस्थिति भएकाले, होटलले इलेक्ट्रिक सवारीसाधन (EV) चार्जिङ स्टेशन समेत उपलब्ध गराएको छ, जसले दिगो ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

सञ्चालक बस्नेतले आगामी दिनहरूमा आतिथ्य क्षेत्रमा अझै गुणस्तरीय सेवा विस्तार गर्दै होटललाई थप स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिनुभएको छ।

आधुनिक सेवा, सुविधा सम्पन्न संरचना र आतिथ्य भावनासहित “होटल कोजी होम एन्ड थकाली भान्सा” झापाको दमकमा मुख्य आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ।