जैविक विकासको रुपमा चिम्पाञ्जीलाई मानिसको अर्को रुपमा लिने गरिन्छ । तर सुरुमा नै चिम्पाञ्जीलाई हेर्ने हो भने पहिलो नजरमा नै थुप्रै किसिमको भिन्नता देख्न सकिन्छ । चिम्पाञ्जीमा जति अंग रहेका छन् । त्यो अंगहरु मानव शरिरमा छैनन् । यसरी जैविक ढाँचामा फरक हुने भएपछि मानिसमा निरन्तर विकास भइरहेको हुन्छ ।
तर चिम्पाञ्जमा त्यो विकास गती निकै ढिलो हुन्छ । त्यस्तै मानव शरिरमा भएका सबै अंगहरु काम लाग्छन् भन्ने चाही छैन् । कुनै यस्ता मांशापेशी र हड्डी रहेका छन् जो कुनै काम लाग्दैन् । जैविक विकासको क्षेत्रमा अध्ययन गर्ने डोरसा अमिरको अनुसार मानविय शरिरका ती अंगबारे जानकारी दिएकी छन्, जुन अहिलेसम्म कुनै प्रयोगमा हुँदैनन् ।
प्राकृतिक इतिहासले कुनै संग्रहालय जस्तै रहेको कुरा डोरसाले बताएकी छन् ।मानविय अंग र मांशापेशीको मानविय शरीरमा कुनै उद्देश्य बाँकी हुँदैन् ।डोरसाको अनुसार जैविक विकासको निकै मन्द गतीका कारण यस्तो भएको हो । यी अंगहरुले कुनै अवस्थामा नयाँ उद्देह्य हासिल गर्ने गर्छन् । यो प्रक्रियालाई एक्सेप्टेशन भनिन्छ ।
डोरेसाको अनुसार डोरसाको भनाइअनुसार यी अंगहरु मानव शरिरमा हुनुको उद्देश्य के थियो भनेर सोचिरहेको हो भने मानव शरिरमा भएको मांशापेशी वा कुनै जीवको अस्तित्वलाई बचाइ राख्नको लागि आवश्यक रहेका अनुमान गर्न सकिन्छ । हेरौँ केके हुन त मानव शरिरमा काम नलाग्ने अंगहरु ।
१.रुखमा चढ्न मद्दत गर्ने मांसपेशीः मानिसको नाडीमा भएको एक हिस्सा बारे थाहा पाउनुभयो भने तपाईले यसको बारेमा थाहा पाउनुहुनेछ । आफ्नो हातलाई माथि उठाउने र बुढी औलाले कान्छी औलालाई छुने कोसिस गर्ने ।

त्यतिबेला तपाईका नाडीमा दुई मांसापेशी देखियो भने थाहा पाउनुहोस् यसलाई नै पालमारिस लोगेन्स भनिन्छ । तर नाडीमा यस्तो प्रकारको मांशपेशी देििखएन भने पनि चिन्ता मान्नु पदैन् । किनकी १८ प्रतिशत मानिसमा यस्तो मासांपेशी हुँदैन् । यो मांशापेशी नहुँदा पनि कुनै कुरामा कमी भने हुँदैन् ।
मांसापेशीको उद्देश्यलाई लिएर हेर्ने हो भने यस्तो मासांपेशीलाई ओरंगुटनजस्ता जीवमा देख्न सकिन्छ । जीव विज्ञ डोरसाको अनुसार मांसपेशीेले मानिसलाई रुखमा चढ्न मद्दत गर्ने कुरा प्रमाणित भएको छ । तर चिकित्सकले मांसापेशीमा नजर गाडिरहेको हुन्छन् । किनकी सल्यक्रिया गर्ने बेलामा यसलाई प्रयोग गर्न सकिन्छ । हातबाट गरिने काममा यसको कुनै पनि भूमिका रहेको हुँदैन् ।
२.कानको मांसपेशीः जीव विज्ञ जेरीले ह्वाई इभोल्युशन इज टु मा लेखेकी छन्, यदि कसैले आफ्नो कान हल्लाउन सक्छ भने त्ये एक जिउँदो प्रमाण हो । जेरी भन्छिन्, संसारका प्राय धेरै मानिसहरु आफ्नो कान हल्लाउन सक्दैनन् । मानव शरिरमा यस्तो अनौठो मांसापेशी रहेको छ जुन मांसापेशीको मद्दतले आफ्नो कान आफै हल्लाउन सक्दैन् ।
यो भन्दा अगाडी कानको मांसापेशीलाई डार्बिनले यसलाई ट्युबरकल भनेका थिए । उनी भन्छन्, बिरालो र घोडाजस्ता जनावरको लागि यी मांसापेशी कान हल्लाउन काम लागछन् । यसकै मद्दतले उनीहरुले आफ्नो सिकारबारे पत्ता लगाउँछन् । आफ्नो बच्चाहरुको बारेमा खोजी गर्न सक्षम हुने र अरुले झै आवाज बुझ्न सक्षम हुन्छन् ।
३.टेल बोनः टेल बोन तआफैमा जैविक विकासको प्रक्रियाको क्रममा प्रयोग हुने बाहिरी अंग भएको डोरेसको भनाइ छ । यसले हामीलाई हाम्रो गुमेको पुच्छरको याद दिलाइको छ । जसले रुख चढ्ने बेलामा शरिरलाई सन्तुलन बनाउँछ । पहिले पहिले पुच्छरको प्रयोग हुने गथ्र्यो तर अब हाम्रो शरिरको मांसापेशीलाई सहारा दिने काम पुच्छरले गर्छ । जैविक विकासको क्रमम मानिसको औँलामा एक प्रकारको जाल देखिन्थ्यो । तर यस्तो जाल विस्तारै आफै गायब भएको हो ।
४.मानिसका आँखाको मांशपेशीः आँखाको कुनामा भएको गुलाबी रंगको मांसापेशीलाई निक्टिटेन्टिस मेम्ब्रेन भनिन्छ । डोरसाको भनाइअनुसार यसले तेर्सो ढंगले आँखालाई झिम्काउने थियो तर यसको कुनै काम छैन् । यदि तपाई यसको काम हेर्न चाहनुहुन्छ भने बिरालोदेखि चरा र अन्य जनावरहरुमा देख्न सकिन्छ ।
५.रौं ठाडो हुनुः बिरालेले आफुलाई खतरामा देखेपछि आफ्नो शरिरको रौँलाई ठाडा पार्छ । मानिसमा पनि यस्तो हुन्छ, जब कुनै डर भएको बेला वा जाडो भएको बेला रौँ ठाडो पर्छ । यसलाई वैज्ञानिकहरुले पिलोइरेक्शन रिफ्लेक्स भनेका छन् । तर डोरसको अनुसार मानव जातिले आफ्नो जीवनकालको एउटा ठूलो खण्डको रुपमा रौँले ढाकेर गुजरा गरेको हुन्छ ।
पिलोरेक्शन रिफ्लेक्स प्राचिन तरिका हो जसले कुनै पनि जीव वास्तविक आकारभन्दा ठूलो देखिदैन् । विस्तारै हाम्रो शरिरबाट रौँ हट्न सुरु गरेपछि रिफ्लेक्स पहिलेको तुलनमा त्यति प्रभावकारी हुन नसकेको हो । यस्तै मानव शरिरको अन्य हिस्साको कुरा गर्ने हो भने सायद हाम्रा पुर्खाहरुलाई खाना पचाउन मद्दत गथ्यो होला ।



