नेपाली साहित्य तथा भाषाको इतिहास मा उखान टुक्काको धेरै पुरानो उपस्थिति देखिन्छ। हामीले बोल्ने कुरामा अझ धेरै गहनता थपेर छोटो सैलिमा नै आफ्नो कुराको अर्थ प्रस्तुत गर्नको लागि उखान टुक्का आहिले पनि भरपर्दो माध्यम हो भन्दा फरक नपर्ला।
पछिल्लो पुस्तामा उखान टुक्काको प्रयोग केहि घट्दै गएको महसुस गरेर, नेपाली साहित्यको एउटा अतुल्यनिय क्षेत्र उखान टुक्कालाइ फेरी पुनर्जीवन दिन सकिन्छ कि भन्ने प्रयास स्वरुप नै हामीले भाग १ पनिलेखेका थियौ।
यसैको निरन्तरताको रुप मा यहाँ अरु १०१ अझै धेरै रमाइला उखान टुक्का हरु प्रस्तुत गरिएको छ।
अन्तिममा बोनस आधुनिक तथा परिमार्जित उखान टुक्का हरु पनि नछुटाउनु होला !
COLLECTION OF 101 NEPALI “UKHAN TUKKA” : PART 2
१) पटुकामा रुपैया, बटुकामा भात !
२) परबाट भिनाजु आए, तँ जान्छेसकी मा जाउँ !
३) नभएकी स्वास्नी कस्ती कस्ती, भएकी स्वास्नी सस्ती !
४) न धुँदा जाने, न रुँदा जाने !
५) नपाउनेले छोरो पायो, खेलाई खेलाई मार्यो !
६) नकाराउ भान्जी, पुक्लुक्क पल्ट !
७) नक्कल गर्न पनि अक्कल चाहिन्छ !
८) नदिने बजैले बुधबार बार्छिन !
९) नकचरा को ओखति छैन !
१०) पुँजी न सुजि, उचाल मु** !
११) धान पाके निहुरन्छ, कोदो पाके ठडिन्छ !
१२) धर्ममा बसेकी स्वास्नी एउटैको, पोइल हिडेकी सबैको !
१३) धन परेको भन्दा मन परेको राम्रो !
१४) धनकुटा हिले, दिल चित्त मिले !
१५) दुइटी बुहारी, एउटा बुलाकी !
१६) दिउँसो कागको बोलीमा तर्सिने, राती एक्लै गाउँ चाहार्ने !
१७) दाजुलाई सक्दिन, भाउजुलाई राख्दिन !
१८) दालको काठो, माइतिको नाठो !
१९) थोत्रो घरमा मुसाको रजाई !
२०) थाकेको बेलामा पाकेको केरा !
२१) तैं रानी मै रानी, को भर्ला कुवाको पानी !
२२) तेरो पो धान छन्,कुट्यो खायो…आफ्ना त चामल छन्, कहिले निफन्नु कहिले केलाउनु !
२३) तिर्थ न ब्रत, भुडी भर्त !
२४) तीजको झरी, चेलीबेटीको आँसु !
२५) ताकेर हान, हानेपछि छिनाल !
२६) तन्नेरीको हात, तरुनीको नासो !
२७) ढुङ्गो टुसाउनु र उन्यु फल्नु एकै हो !
२८) ठाउँमा लगाए गाजल, कुठाउँ मा लगाए मोसो !
२९) ठक्कर खान्छ पहाडमा, रिस फेर्छ घरको सिलौटो संग !
३०) टपरीमा भात, हातमा सिन्को, निर्बाह भयो आजको दिनको !
३१) टाउको दुख्छ, नाइटोमा ओखति !
३२) टपरी माझेर कहिल्यै चोखिदैन !
३३) टल्कदैमा सुन हुदैन !
३४) झुकेको शिर र भत्केको भिर प्रति कसैको आश हुदैन !
३५) झुटो बोल्नेले छिटो कसम खान्छ !
३६) झाल रहे चिचिला लाग्छ !
३७) जिउँदी कमारीको बाह्रबिसे पोइ, मर्दी कमारीको कोहि न कोहि !
३८) जस्तो तस्तो चाहिएन, भने जस्तो पाइएन !
३९) जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा !
४०) जसको छैन एक फाँक सुर्ती, उसैले लगाउछ दस लाखको फुर्ति !
४१) जिउ पाल्न भन्दा नाम पाल्न गाह्रो !
४२) छोरि जन्मे ज्वाईंलाई, छोरो जन्मे बुहारीलाई !
४३) छोरो पायो हर्कमान, छोरि पायो थर्कमान !
४४) छातीमा राखी कसले के नै लैजानु छ र !
४५) छोरो भन्दा नाती प्यारो, सावाँ भन्दा ब्याज प्यारो !
४६) चित्र होइन चरित्र हेर्नु, व्यक्ति होइन व्यक्तित्व हेर्नु !
४७) चाँदो लाग्ने आगो र मुख लाग्ने नोकर !
४८) चितुवाको हजार गोठ !
४९) चाल नपाई जाल नहान्नु !
५०) चकचके गोरुको चार ठाउँमा डाम, ठुलो माछो लड्यो समातेर खाम !
५१) घरमा चामल सकिएको दिन एकादशी, गोजीमा पैसो सकिएको दिन औंसी !
५२) घ्यु न सिउ, मुखिया बाजे ज्यु !
५३) घरमा भुसाहा छैन, खल्तीमा चुरोट !
५४) घरै पोले पछि, खरानीको के पिर !
५५) घर न थर, पोइको रहर !
५६) गाग्रीमा पानी छैन, तिहुनमा झोल !
५७) गोरु नभएको हली र ठेडी नभएको हलोको के काम !
५८) गोजीको पैसो, नजरकी स्वास्नी !
५९) गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन !
६०) गुरु मान्नु बुझेर,बिहे गर्नु रोजेर, पानी खानु छानेर, कुरो गर्नु जानेर ।
६१) कुकुरलाई मासु पैचो !
६२) कर्कलालाई बन्चरो !
६३) काका भन्नु र कान्छा बाऊ भन्नु एउटै कुरो हो !
६४) कागले कोइलिलाइ काले भन्छ !
६५) कसाइको आगाडी बोको रोएर के हुन्छ र !
६६) कपाल भन्दा टुपी छोटो !
६७) कतै नगएर बसेकी, अन्तिममा कुकुर संग पोइल गई !
६८) कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात !
६९) औसींमा किनेर, पुर्णेमा फाल्ने !
७०) ओखरबोटमा चिल बस्यो, देखेपछि दिल बस्यो !
७१) एकातिर आँधी, अर्कोतिर झोलुङ्गो !
७२) एक रुपैंया धन छ, घोडा किन्छु भन्छ !
७३) एउटा भए सरासर, दुइटा भए भराभर, तिनवटा भए टाउको फोराफोर !
७४) उम्केको माछो ठुलो !
७५) उठ बुहारी सास फेर, ढिकी छाड्नसाथ जाँतो हेर !
७६) उमेरमा स्याल पानी घोर्ले हुन्छ !
७७) इखालु स्वास्नीको बचन, बहुला कुकुरको दाँत !
७८) इश्वर धपायो, शास्त्र चपायो !
७९) आफूसंग सिन्दुर छ, तेर्सो लाउँ कि ठाडो लाउँ !
८०) आफु बसेको हाँगो छिमल्ने मुर्ख !
८१) आफ्नो छोराछोरी र अर्काकी स्वास्नी सबैलाई राम्रो लाग्छ !
८२) आज घर पुगिएला त ? आफ्नै खुट्टालाइ सोध !
८३) आँटेको काम झट्टै श्री गणेश !
८४) आफ्नो नुन, आफ्नै पानी, खाउ ज्वाईं कोखा तानी !
८५) आज मर्यो, भोलि ओखति !
८६) असारमा आली लगाए पो मंसिरमा बाली खान पाइन्छ !
८७) अर्काको बारीमा साग छ, मुटु मिचेर के लाग्छ !
८८) अर्काको गहना लगाउनु, नाक कान दुखाउनु !
८९) अराएको काम र भराएको मानोले कति दिन चल्छ !
९०) अन्यायको धन, कहिल्यै मेरो नभन !
९१) अनिकालको मानु, दिनु न खानु !
९२) अचार खानु मुलाको, संगत गर्नु ठुलाको !
९३) अच्छा साले, जुल्फी पाले, लिखाले टांग हाले !
९४) अन्धोलाई एनाको खोजि !
९५) अनिकालको तोरी, सहकालको जौं !
९६) अकटको कुलो, बिकटको खेत, बिर्सेछु दाजै शिलोकको फेद !
९७) अकबर राजा, बिरबल काजि, इन्साफ दिन्छन खुसिराजि !
९८) अन्धाको हातमा टुकी !
९९) अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरो सप्रन्छ !
१००) अघि हेर्नु चार हात, पछि हेर्नु बाह्र हात !
१०१) अंग्रेजीको काइदा, भुक्नेलाई फाइदा !
बोनस : आधुनिक / परिमार्जित उखान टुक्का
१) नपाउनेले केरा पायो, चियामा चोपी खायो !
२) हुने बोकाको चिल्लो मु** !
३) बाहुनको टुप्पी एरियल न एन्टिना !
४) बाऊ मर्दा दुध भात, गोरु मर्दा पुर्पुरोमा हात, स्वास्नी मर्दा तुन्तु**मा हात !
५) हग्न जान्दैन चाक टेड़ो !
६) पशुपतिको जात्रा, तिघ्राको व्यापार !
७) नाच्न नजान्ने म्युजिक टेड़ो !
८) जसको एउटा स्मार्टफोन छैन, उसैको १० वटा फेसबुक आइडी !
९) स्वास्नीको आगाडी किम जोङ्ग पानी बिरालो !
माथि प्रस्तुत गरिएका नेपाली उखान टुक्का हरु तपाइलाई कस्तो लाग्यो ? तपाइलाई सबैभन्दा बढी कुन चाहिँ मनपर्यो, कमेन्ट बक्स मा लेख्नुहोला ! साथै तपाइलाई पनि येस्तै रमाइला उखान टुक्का हरु थाहा छन् भने पनि लेख्न नबिर्सनुहोला !
भनिन्छ “सेयरिङ्ग इज केयरिङ्ग” , आफुले जानेको कुरा अरुलेपनि पढून भन्ने चाहनुहुन्छ भने तलको “शेयर” बटन को सदुपयोग तपाइले पक्कै गर्नुहुनेछ !
१०१ नेपाली उखान टुक्का | COLLECTION OF 101 NEPALI “UKHAN-TUKKA” – SawalNepal
https://sawaalnepal.com/archives/115233
https://sawaalnepal.com/archives/116109