उनले सबैभन्दा लामो समयसम्म पानीमुनि बसेर नयाँ विश्व किर्तिमान कायम गरेका छन् । उनी पानीमुनि बसेको ७४ दिन पुगेसँगै पूरानो किर्तिमान भंग भएको हो । तर उनलाई पानीमुनिको बसाई अझै पुगेको छैन । पानीमुनिको बसाइँ १ सय दिनसम्म पुर्‍याउने र त्यसपछि मात्रै बाहिर निस्किने ढिपी उनले गरेका छन् ।

सबैभन्दा लामो समयसम्म पानीमुनि बसेर गिनिज बुकमा नाम लेखाउने व्यक्तिको नाम डाक्टर जोसेफ दितुरी हो । अमेरिकाको फ्लोरिडामा बस्ने दितुरी एउटा अनुसन्धान पूरा गर्नका लागि दुई महिना भन्दा बढि समयसम्म पानीमुनि ३० फिटको गहिराइमा बसेका हुन् ।

फ्लोरिडास्थित पानीमुनि रहेको लजमा उनी बसिरहेका छन् । पानीमा बिताएका ७४ दिनसम्म उनले माछा तथा अण्डा लगायतका प्रोटिनयुक्त खानेकुरा खाए । पानीमुनि नै उनले माइक्रोवेभ समेत प्रयोग गरे । दिनहुँजसो व्यायामका साथै लामो निद्रा पनि लिए ।

सबमरिनको जस्तो लजमा पानीको बढ्दो चापलाई सन्तुलन गर्नका लागि कुनै प्रविधिको प्रयोग गरिएको हुँदैन । यसअघि यस्तो ठाउँमा सबैभन्दा धेरै ७३ दिन २ घण्टा ३४ मिनेटसम्म बसेर ब्रुस केन्ट्रेल र जेसिका फेनले कीर्तिमान राखेका थिए । पेशाले प्राध्यापक केन्ट्रेल र फेन सन् २०१४ मा सोही ठाउँमा बसेका थिए ।

हाल प्राध्यापक जोसेफ प्रोजेक्ट नेप्च्यून १०० नामक एक मिसन पूरा गर्नका लागि पानीमुनिको गुप्तबासमा गएका हुन् । यहीँ जुन ९ तारिखमा उनको पानीमुनिको बसाइँको १ सयौँ दिन पुग्नेछ । १ सय दिनसम्म पानीमुनि बसेर मात्रै बाहिर निस्किने प्रण उनले गरेका छन् ।

७४ औैं दिनमा किर्तिमान कायम गरेसँगै उनले ट्वीटरमा लेखेका छन्, ‘आज मैले सबैभन्दा धेरै समयसम्म पानीमुनि रहने रेकर्ड तोडेको छु । खोज गर्ने जिज्ञासाले मलाई यहाँसम्म ल्याएको छ । मेरो पहिलो दिनदेखिकै उद्देश्य आगामी पुस्तालाई अगाडि आएर ती बैज्ञानिकहरुको अन्तरवार्ता लिनका लागि प्रेरणा दिनु थियो जसले पानीमुनि अध्ययन गरिरहेका छन् अनि यस्तो वातावरणमा मानिसको सरीरले कसरी काम गर्दछ भन्ने कुरा सिकाउनु पनि हो ।’

यो मिसनमा चिकित्सा तथा सामुद्रिक अनुसन्धानहरु सामेल छन् । सामुद्रिक श्रोत विकास फाउन्डेसनको तर्फबाट उक्त अनुसन्धान गराइएको हो ।

जोसेफले फिजियोलोजीमा विभिन्न खालका अनुसन्धान तथा प्रयोग गर्ने गर्दछन् । जसमा उनले पानीमुनिको उच्च चापलाई समेत मानव शरीरले कसरी लामो समयसम्म थेग्न सक्छ भन्ने थाहा पाउन मानिसको शरीरलाई अनुगमन गर्नेछन् ।

उनले पानीभित्रै आफ्नो डिजिटल स्टुडियोबाट अन्तरवार्ता दिन्छन् र अनलाइन कक्षा पनि लिन्छन् । आफुलाई पानीमा बस्न निकै मनपर्ने भन्दै उनले पानीमुनि लामो समयसम्म बस्दा सूर्यको भने निकै याद आउने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv