दमक÷ मंगलवार भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । आयतित यो दिवसले नयाँ पुस्तालाई निक्कै मज्जाले छोएको देखियो । सायद मिल्थ्यो भने सार्वजनिक बिदाको माग पनि हुन्थ्यो होला तर अहिलेसम्म संगठित भएर यस दिनलाई सार्वजनिक बिदा चाहियो भनेर कसैले भनेका छैनन् र मागेका छैनन् ।
अरुबेला लजहरु खासै मान्छे नपाएर झापामा नचलेका होटल तथा लजहरु मंगलवार राम्ररी नै चलेको पाइएको छ । एउटा कोठा ५ पटकसम्म लागेको दमकका एक होटल ब्यवसायिले बताए । जोडि भएर एक घण्टा आउने कम्तिमा १ हजार तिर्ने जाने । ति होटल ब्यवसायिले एकैदिन लजबाट २५ हजार उठाएको बताए । उनले स्कूल ड्रेसदेखि लिएर कलेज ड्रेससम्म लगाएर आएका जनाउदै यस्तो आफूले पहिलो पटक देखेको पनि सुनाए ।
झापाको बिर्तामोड, दमक, काकडभिट्टा लगायतका ठाँउका होटलहरुमात्र नभएर पूर्वी नेपालका प्रमुख पर्यटकीय स्थल घनकुटाको भेडेटार, सुनसरीको धरान, इलामको कन्याम लगायतका क्षेत्रका लजहरु पनि खालि रहेनन् । होटल ब्यवसायिहरुका अनुसार जोडि भएर आएकाहरुलाई सहज रुपमा कोठा उपलब्ध गराइएको छ ।
प्रहरीले भने प्रेमीप्रेमिकाहरु मिलेर तथा उमेरका पुगेकाहरु एकआपसमा सहमति जाँदा आफूहरुले वास्ता नगरेको बताएको छ । एक प्रहरी अधिकृतका अनुसार बिद्यालय तथा कलेज पोशाकमा भने होटलहरुले त्यसरी लज उपलब्ध गराउनु नहुने बताए । नयाँ पुस्ताले यो दिनलाई सेक्स डे को रुपमा लिन थालिसकेको कतिपय युवाहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah