इलामबाट सभाषदमा निर्वाचित सभामुख सुवासचन्द्र नेम्बाङ, पुर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल, झापाबाट निर्वाचित एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, पाँचथरबाट निर्वाचित काँग्रेस नेता भिष्मराज आङ्दम्बे लगायतले यो सडकलाई आफ्नो चुनावी मुद्धा समेत बनाउदै आएकाछन् ।
बिष्णुप्रसाद पोखरेल
झापा/झापाको दमकबाट चुरेको पहाड छिचोल्दै इलामका चुलाचुली छुदै पाँचथरको रबीसम्म पुगिने दमक चिसापानी रबि सडक अर्थात फाल्गुनन्दमार्ग निर्माण कार्यले गति लिन नसक्दा सडक उपभोक्ताका लागि दूइ दशकसम्म आकाशको फल आँखातरि मर जस्तै भयो । निर्माण शुरु भएको करिब २२ बर्ष पछि झापाको दमकबाट इलामको चिसापानी हुदै रबी जोड्ने दमक चिसापानी अर्थात फाल्गुनन्द सडकको बिस्तृत अध्ययन(डिटेल सर्वे) गतबर्षमात्र बल्लतल्ल भएको पाईएको छ । पूर्व साँसद डा.गोपाल कोइराला सडक पूर्ण रुपमा शुचारु गरेर छाडछु भनेर लागेपनि त्यो इच्छा पुरा नहुदै एक बर्ष अघि उनि बितेकाछन् । सडक उपभोक्ता समितिका पूर्व अध्यक्ष बिजय बरालका अनुसार शुरुवातका दिनहरुमा जंगलको बीचबाट सडक निस्कन्छभन्दा धेरैले पत्यार नगरेको तर अहिले सडकको रुपरेखा देखा परेपछि सबै दंग भएको बताउछन् । उनका अनुसार सडक निर्माणका लागि उपभोक्ताको जागरुपता कमीका कारण सडकले पहिलाजस्तो गति लिन सकेन ।
पहिला धेरै जनश्रमदानबाट काम भएको थियो तर अहिले बजेट आउदा समेत त्यो प्रयोग नभई फिर्ता जाने गरेको छ । उपभोक्ता समितिमा तछाडमछाड र यस क्षेत्रका शिर्ष नोताहरुको प्रत्येक बर्षको मूख्य नाराको रुपमा नै यो सडक अघि सारिएपनि काम भने केहि हुन सकेको थिएन । २२ बर्ष पछि अहिले बिस्तृत सर्वे भएको हो । यो सडक निर्माण सम्पन्न गर्नका लागि करिब १ अरब १० करोड खर्च लाग्ने यसमा संलग्न इन्जिनियरहरुले बताएकाछन् । इलामको चिसापानीसम्म ३५ किलोमिटर मात्र रहेको छ । यहाँबाट पाँचथर पुग्न अझै १० किलिमिटर दुरी तय गर्नु पर्छ । सडक डिभिजन कार्यालय दमकका अनुसार बिस्तृत सर्वे बेगर नै अहिलेसम्म सरकार मार्फत २४ करोडभन्दा बढि खर्च भएको पाईएको छ । उपभोक्ताहरुले यो भन्दा बढि मुल्यको जनश्रमदान गरेकाछन् । इलामबाट सभाषदमा निर्वाचित सभामुख सुवासचन्द्र नेम्बाङ, पुर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल, झापाबाट निर्वाचित एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, पाँचथरबाट निर्वाचित काँग्रेस नेता भिष्मराज आङ्दम्बे लगायतले यो सडकलाई आफ्नो चुनावी मुद्धा समेत बनाउदै आएकाछन् ।  नेम्बाङलाई यो सडक निर्माणमा चासो नदिएको भनेर स्थानीयले आरोप समेत लगाउने गरेकाछन् । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शुशिल कोइराला, पूर्व उपराष्ट्रपति परामान्द झा लगायतका बिशिष्ट सरकार अधिकारीहरु समेत यहाँ आएर सडक निर्माणमा आफुहरुको चासो रहेको भन्दै आश्वसन दिने गरेपनि अहिलेसम्म सडकको बिस्तृत बिवरण नै तयार नभएको रहस्य पछिल्लो समय खुलेको हो । सडक डिभिजन कार्यालय दमकका अनुसार अहिलेसम्म यो सडकको बिस्तृत अध्ययन नभएको पाईएपछि बिस्तृत अध्ययन गरेर अनुमानित लागत समेत तयार पारेर राष्ट्रिय योजना आयोगमा पेस गरिएको छ । पुर्वी पहाडि जिल्ला इलाम र पाँचथरबाट तराईको झापालाई जोड्ने छुटो दुरीको यो सडक निर्माणका लागि इलाम, पाँचथर र झापाका उपभोक्ताहरु आफै समेत लाग्दै आएकाछन् । २ भागमा बिभाजन गरेर गरिएको अध्ययन अनुसार लारुम्बासम्म २३ किलोमिटर र लारुम्बादेखि चिसापानीसम्म १२ किलोमिटर छुट्याईएको छ । २३ किलोमिटर सडक निर्माणमा अहिलेको अनुमानमा ८४ करोड र १२ किलोमिटरमा २६ करोड लागत लाग्ने देखिएको आचार्यले जनाउनु भयो । हिउद्मा रतुवा खोला नै खोला सवारी साधन चलेपनि बर्षाद्को समयमा यस क्षेत्रका बासिन्दा अप्ठेरोमा पर्ने गर्छन् । अझै यो सडकमा ४ वटा पुल बनाउन बाँकी रहेको र २ वटा पुल भने केहि समय अघि पूर्व सभामुख सुवास नेम्बाङले शिलन्यास गरेकाछन् । चालु आर्थिक बर्षका लागि यो सडकमा १० करोड बजेट बिनियोजन भएको भएपनि २५ करोडभन्दा बढि बजेट ल्याउने दाबी निर्माण उपभोक्ता समितिको रहेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार सरकारबाट यो बर्ष कम्तिमा पनि २५ करोड बजेट बिनियोजन हुदैछ । गत बर्ष ८ करोड बिनियोजन भएकोमा ३ करोड पनि खर्च नभएको सडक डिभिजन कार्यालय दमक श्रोतको भनाई छ । निर्माण ब्यवसायीले राम्रोसंग काम नगरेकोले यो सडकका लागि आएको ५ करोड रुपिया रकामन्तर गरेर पुल निर्माणमा हालिएको छ ।
स्थानीयको अवरोध, निर्माण ब्यवसायीको लापरवाहिले यस्तो अवस्था आएको बताइन्छ । उपभोक्ता समितिका अध्यक्ष पुरी अब उपभोक्ता समिति मार्फत नियमित अनुगमन हुने र बजेट फ्रिज हुने अवस्था आउन नदिने बताउछन् । उनका अनुसार सडकलाई बहुबर्षिय योजनामा पारेर आएको बजेट फ्रिज हुन नदिने र काम छिटो सम्पन्न गराउन हरेक क्षेत्रबाट प्रयत्न हुनेछ । बिगतमा जस्तो समिति निष्क्रिय नरहने भन्दै उनले अब सडक बन्ने दाबी गरे । दमकबाट रविसम्म पुग्न ईलाम सदरमुकाम, राँके हुदै जाँदा १ सय ७८ किलोमिटरको दुरी पार गर्नु पर्छ भने दूई दिन बित्ने गरेको उपभोक्ता समितिका महासचिब हेमन्त राई बताउछन् । यो सडक शुचारु हुदा ४१ किलोमिटरमा नै पाँचथरको रबी पुगिन्छ भने आधा दिन समेत नलाग्ने भएकाले समयको समेत बचत हुन्छ । आउदो फागुणको तेश्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल आएर सडकको सबै ट्रयाक खुलेको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
उपभोक्ता समितिको निर्वाचन ‘मेयर’को जस्तै
झापाको दमकबाट इलाम हुदै पाँचथर जोड्ने फाल्गुनन्द सडक निर्माण उपभोक्ता समितिको निर्वाचन यसपटक भड्किलो र खर्चिलो भएको थियो ।  सडक उपभोक्ता समितिको निर्वाचन भनिएपनि अघोषित रुपमा राजनीतिक दलहरुको चुनावको रुपमा यसलाई अघि बढाइएको पाईएको थियो । सरकारले १ नम्बर प्राथमिकतामा राखेको यो सडक निर्माणमा रेखदेख बाहेकको खास कुनै भुमिका नहुने सडक उपभोक्ता समितिमा जानका लागि राजनीतिक दलका जिल्लाका ठुलाठुला नेताहरुसम्मले दौडधुप गरेका थिए । संबिधानसभा निर्वाचन तथा स्थानीय निकायको निर्वाचनलाई झल्काउने गरी पत्रकार सम्मेलन गर्दै ठूलाठूला आश्वसन बाडिएको थियो । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलको गठबन्धन र एकीकृत नेकपा माओबादी सहितका अन्य राजनीतिक दलका गठबन्धनहरुले सडकले छोएका झापा, इलाम र पाँचथरलाई कायपलट गर्ने प्रतिबद्धता ल्याएका थिए । उनीहरुले पर्यटकीय क्षेत्रको बिकास देखि लिएर २ अरबसम्म बजेट ल्याउने र यस क्षेत्रको जीबनस्तर उकासेर देखाउने भन्दै आफ्नो प्रतिबद्धता ल्याएको देखिन्छ । एकीकृत नेकपा माओबादी सहितको गठबन्धको अध्यक्षमा गगन पुरी र काँग्रेस, एमाले सहितको गठबन्धनमा प्रकाश बुढाथोकी अध्यक्ष रहेका उम्मेदवार थिए । पुरीले बुढाथोकीलाई हराए । दुबैपक्षले उपभोक्ता समितिमा बर्चश्व राख्नका लागि कम्तिमा पनि १५ देखि २० लाख खर्चेको अनुमान गरिएको छ । 
 प्रतिबद्धता अधुरै
पुर्वी तराईको झापाको दमकबाट पुर्वी पहाडि जिल्ला इलाम र पााचथरका दर्जनौ गाबिस जोड्ने फाल्गुनन्दमार्गको सम्पुर्ण ट्रयाक गएको दशैसम्म खुला हुने सडक निर्माण उपभोक्ता समितिले पत्रकार सम्मेलन माफृत दाबी गरेको भएपनि अहिलेसम्म ट्रयाक खुला भइसकेको छैन । १० बर्ष अघि देखि प्रत्येकबर्ष ट्रयाक खोलिसक्ने बताईएपनि अहिलेसम्म पुरै ट्रयाक भने खुल्न सकेको छैन । अध्यक्ष पुरीका अनुसार लामो प्रयास र कसरत पछि यस सडकलाई सरकारको बहुबर्षिय योजनामा हालेकाले अब भने निर्माणको कामले गति लिने आशा समेत बढेर गएकोे छ । प्रत्येक बर्ष सडकका लागि बजेट बिनियोजन भएपनि आधाभन्दा बढि रकम काम हुन नसकेर फ्रिज हुदै आएको छ । उपभोक्ता समितिको खासै केहि भूमिका नहुने र सडक डिभिजन कार्यालयले काम गर्ने भनिएपनि उपभोक्ता समितिले आफूले काम गरेको देखाउन बारम्बार पत्रकार सम्मेलन गर्दै आएको छ । आफूहरुले सडक कार्यालयलाई दबाब सिर्जना गराउने र काम छिटो गराउन लगाउने गरेको पुरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah