साथीको सम्बन्ध एक पवित्र मनको नाता हो । केहि व्यक्ति साथीको कारणले सफलताको शिखरमा पुगेका छन् त कोहि पतित भएका छन् । मानिस सामाजिक प्राणी भएको कारणले गर्दा मानिसको जन्म हुने बित्तिकै उसको धेरैसगँ नाता जोडिसकेको हुन्छ । नाता सम्बन्धका व्यक्तिहरु कोहि निकै असरल र राम्रा खालका हुन्छन् भने कोहि खराब खालका हुन्छन् । मानिस हुर्कदै जाने क्रममा उसका विभिन्न साथीहरु बन्न पुग्छन् । विभिन्न अध्ययनले देखाएको छ कि यदि खराब साथीको संगत गरेमा उसको जीवन पनि खराब हुन्छ, त्यसैले कस्तो साथीको छनोट गर्ने भन्ने कुरा एक महत्वपूर्ण कुरा हो । हामी यस्ता ५ व्यक्तिको बारेमा बताउँदैछौं, जुन व्यक्तिसगँको तपाईको सम्बन्ध र जीवन फलदायी नभई निकै कष्टकर हुनेछ ।

१. अरुको कुरा नसुन्ने ।
असल साथीको एक विशेष गुण हुन्छ, त्यस्ता गुण मध्ये एक विशेष गुण भनको अरुको कुरा सुन्ने हो, यदि तपाईको साथीले तपाईको कुरा वा अरु कसैको कुरा नसुनी आफ्नै कुरा मात्र गरिरहन्छ भने त्यस्तो साथीले तपाईको जीवनलाई खराब दिशातिर लगेको हुन्छ । यस्ता साथीहरु हामिकको जस्तो व्यवहार गर्ने खालका हुन्छन् ।

२.सम्मान नगर्ने ।
साथीहरुमा हासी मज्जाक चल्छ, तर बारम्बार एउटै कुरालाई लिएर जिस्काउने वा साथीलाई अपमानजनक व्यवहार प्रर्दशन गर्ने व्यक्ति खराब नियतका हुन्छन्, यस्ता साथीको संगत गरेमा कहिले पनि प्रगतीतर्फ अगाडी बढ्न सकिदैन् । त्यसैले आफ्नो अपमान गर्ने साथीलाई आजै छाडिदिनुहोस् ।

३. सहयोग नगर्ने ।
साथीभएपछि आफ्नो जिम्मेवारी र कर्तव्यको बारेमा पनि विचार गर्नुपर्दछ । सच्चा साथीले आवश्यक पर्दा सबैलाई साथ दिन्छ, तर कोहि व्यक्तिले सुखमा मात्र साथ दिने र अरुलाई अप्ठ्यारोमा सहयोग गदैन् भने त्यस्ता साथीले अरुको जीवन बर्बात बनाउने कारणले गर्दा यसप्रति सचेत भई यस्ता साथीलाई संगत गर्न छोडिदिनुहोस् । त्यस्ता साथी स्वार्थी खालका हुन्छन् र बहाना बनाउँनमा पनि सिपालु हुन्छन् ।

४. डाह गर्ने ।
असल साथी एक अर्काको सफलतामा खुसी दिनको लागी सहयोग गर्ने गर्दछन् । यदि कोहि व्यक्ति साथीको सफलता बाहेक विभिन्न कुरामा डाहा गरिरहन्छ भने त्यस्ताबाट पनि टाढा रहनुपर्दछ । जसले गर्दा सफलतामा निकै असर पुग्दछ ।
यस्ता व्यक्तिको संगत गर्नाले आफ्नो लक्ष्य पुरा नभई जीवननै पतित हुने कारणले यस्तो साथीबाट टाढा रहनुहोस्, त्यसैले साथी असल साथीको छनोट यसरी गर्नुभएमा निकै फाइदा हुन्छ,
१.परिवारसगँको सम्बन्ध राम्रो भएको ।
२.सानो बच्चालाई माया गर्ने स्वभाव भएका ।
३.सानो कुरामा खुःसी हुने ।
४.शान्त स्वभावको ।
५.अरुको देखासिखी नगर्ने ।
६.आफ्नो परिवारको राम्रो कुरा गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah